पोखरा- संस्कृति पर्यटन एवम् नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले वाइडबडी जहाज खरिदमा घोटाला नभएको बताएका छन्। छनबिनको प्रक्रिया अघि बढेको भन्दै उनले छानबिनबाट अनियमितता भएको पाइएमा जो सुकैलाइ पनि कडा कारबाही गर्ने बताए।
मन्त्री अधिकारीले आफ्नो निर्बाचान क्षेत्र कास्की निर्वाचन क्षेत्र नम्बर दुईको स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमका योजना र बिनियोजित रकम आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गर्ने क्रममा सो कुरा बताएका हुन्।
मन्त्री अधिकारीले भ्रस्टाचारका कुरा हल्लाको भरमा अतिरञ्जित गर्न नहुने भन्दै आफू इमान्दारिताका साथ काम गर्न बताए। उनले आफ्नो कार्यकाल उत्कृष्ट बनाएरै छोड्ने दाबी समेत गरे। उनले भने ‘देशमा समृद्धिको यात्रा पर्यटनबाटै शुरु भएको हो, समुन्नत नेपाल निर्माणमा स्थानीय ,प्रदेश र संघीय सरकारको समन्वय आबश्यक छ। हल्लाको पछि नलाग्नुस्।’
उनले सो कार्यक्रम अन्तर्गत विभिन्न शिर्षकमा ४ करोडको योजनाहरु सार्वजनिक गरेका थिए । सडक पुर्वाधारमा २ करोड ३५ लाख र खानेपानीमा ७० लाख , कुलो, ढल, पक्कि पुलमा ५० लाख ,भवन २० लाख, खेलमैदान र पार्कमा २५ लाख रकम विनियोजित गरेको जानकारी दिए ।
कार्यक्रममा प्रदेश सांसदहरु र स्थानिय जन प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।यसैबीच मन्त्री अधिकारीले सोमबारनै निर्माणाधिन क्षेत्रीय अन्तराष्टिय विमानस्थलको आकस्मिक निरिक्षण समेत गरेका थिए।
मन्त्रीलाई कालो झण्डा
संसद विकास कोषको रकम बाँडफाँड गरि आयोजना सार्वजनिक गर्न पोखरा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई पोखरामा कालोझण्डा देखाएका छन्।
उनलाई नयाँ शक्ति निकट विद्यार्थीहरुले कालोझण्डा देखाएका हुन् । उनलाई कालो झण्डा देखाएको आरोपमा पोखराबाट ६ जना विद्यार्थी नेतालाई प्रहरीले पक्राउ परेका छन्।
क्राउ पर्नेमा नयाँ शक्ति, नेपालको विद्यार्थी संगठनका नेताहरु विशाल तिम्सिना, नरेन्द्र बस्याल, कृष्ण अधिकारी र तेजेन्द्रकुमार भट्ट, नेत्र चापागाईं, रेशम सापकोटा, छन्।
वाइडबडी जहाज खरिद सम्बन्धी विवादको सत्य, तथ्य छानबिनको माग गर्दै सृजना चोकमा कालो झण्डा देखाउने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी ओम रानाले जानकारी दिए।

भर्खरै
लोकप्रिय






































































































































































































