दैलेखमा जिप दुर्घटना: मृत्यु हुनेको संख्या चार पुग्यो

दैलेखमा जिप दुर्घटना: मृत्यु हुनेको संख्या चार पुग्यो
+
-

सुर्खेत– बुधबार बिहान दैलेखमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । सुर्खेतबाट दैलेखको ठाटीकाँध गाउँपालिका–३ बहाँकोटका लागि छुटेको भे १ च २२०७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा त्यसमा सवार आठ जना मध्ये चार जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार ठाँटीकाँध गाउँपालिका १ का ४५ वर्षीय राजेन्द्रबहादुर शाही र ठाँटीकाँध–१ का ३० वर्षीय निर्मल बमको घटना स्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका ठाँटीकाँध–२ का ३० वर्षीय रमेश शाही र ठाँटीकाँध–३ की ४६ वर्षीय रत्ना शाहीको उपचारका लागि सुर्खेत लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी ठाकुर पोखरेलले बताए ।

दुर्घटनामा ठाँटीकाँध–१ का २८ वर्षीय समशेर बम, ३० वर्षीय युद्ध सूची, ठाँटीकाँध– ४ का दिलिप शाही र २८ वर्षीय मनिश राष्कोटी घाइते भएका छन् । उनीहरुको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’