
विर्तामोड – मंसिरको महिना छ । देशको प्रमुख खाद्यबाली धान थन्क्याउन किसानलाई भ्याइ नभ्याइ छ ।
खासगरि असार साउन महिनामा रोपेको धान कात्तिक सुरु हुँदादेखि पाक्न थाल्छ । अनि किसान निस्कन्छन् धान काट्न ।
अचेल धान थन्क्याउने परम्परागत प्रचलन हराउँदै गएको छ । किसानहरु आधुनिक खेतितर्फ आकर्षित हुँदै आएका छन् ।
धान रोप्दा, काट्दा र झार्दा पनि आधुनिक उपकरणहरुको प्रयोग हुन थालेको छ । तर उत्पादन बढेको भए पनि किसानले धानको उचित मूल्य नपाउँदा निराश देखिन्छन् ।