
अ
+
अ
अ
-
विर्तामोड – झापाको शिवसताक्षी नगरपालिकालाई दमकल किन्न दबाब दिन स्थानीय युवाले एक रुपैयाँ चन्दा संकलन अभियान सञ्चालन गरेका छन्। संकलित रकम शुक्रबार नगरपालिकालाई बुझाएका छन्।
नेपाली कांग्रेस निकट स्थानीय तरुण दलको अगुवाईमा नगरपालिकालाई दमकल खरिद गर्नका लागि दबाब सिर्जना गर्ने उद्देश्यले नगरबासीबाट चन्दा संकलन गरिएको हो।
स्थानीय युवाले धरमपुर चोक, झिलझिले र दुधेबजारमा प्रतिव्यक्ति एक रुपैयाँ चन्दा संकलन गरिएको तरुण शिवसताक्षीका सभापति योगेश लिङदेनले जानकारी दिए।
उनीहरुले नगरवासीहरुसँग संकलन गरेको करिब ५ हजार रुपैयाँका साथै ११ बोतल पानी र एउटा रित्तो बोतल पनि नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपाललाई बुझाएका छन्।