डान्सबार र डिस्कोबाट १८ वर्षमुनिका २० जनालाई नियन्त्रणमा लियो प्रहरीले

डान्सबार र डिस्कोबाट १८ वर्षमुनिका २० जनालाई नियन्त्रणमा लियो प्रहरीले
+
-

पोखरा – जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न स्थानमा अस्वाभाविक हर्कत गरेको अभियोगमा १८ वर्षभन्दा कम उमेरका २० बालबालिकालाई नियन्त्रणमा लिएको छ।

रातको समयमा रेस्टुरेन्ट, डिस्को, डान्स, दोहोरी साँझहरुमा प्रवेश गरी मादकपदार्थ, चुरोट हुक्का सेवन गरी अस्वाभाविक हर्कतहरु देखाइरहेको गुनासा प्राप्त भएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले पोखरा नगर क्षेत्र र विशेष गरी लेकसाइड क्षेत्रमा रहेका विभिन्न होटल, रेस्टुरेन्ट, डिस्को दोहोरी साँझ एवं डान्सबारहरुमा अनुगमन गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो।

अनुगमनका क्रममा विभिन्न रेस्टुरेन्ट एवं डान्सबारहरुबाट १८ वर्षभन्दा कम उमेर समूहका २० जना बालबालिकालाई नियन्त्रणमा लिइएको र जसमा ५ जना बालिकाहरु रहेको कास्की प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए।

नियन्त्रणपछि उनीहरुलाई सम्झाइ–बुझाइ गरेर अभिभावकको जिम्मा लगाएको प्रवक्ता गुरुङले बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?