फेरियो नादेकोट !

गाग्री बोक्ने डोकोमा अब गाउँले तरकारी ओर्साछन्

गाग्री बोक्ने डोकोमा अब गाउँले तरकारी ओर्साछन्
+
-

सुर्खेत- पहिला- पहिला विहान उठ्यो की खानेपानीको चिन्ता। झिसमिस उज्यालो नहुँदै डोकोमा गाग्री बोकेर पानी ल्याउन हिड्यो।एक गाग्री पानी बोक्न छर्लङ्गै घाम पर्थ्‍यो।परिवारलाई खानेपानी बोक्न एक जनालाई हम्मे नै हुन्थ्यो।

गाग्री पानी ल्याउन दुई घण्टा बढि लाग्ने।घर पालुवा पशुले प्रयाप्त पानी पाउँदैन थिए। ‘पानी ल्याउदैमा एक जनाको दैनिकी वित्थ्यो’ गुर्भाकोट नगरपालिका–९ नादेकोटकी मंगली शाही भनिन्,‘हिउँद लाग्यो की पानी पाउँनै मुस्किल हुन्थ्यो।खाना भन्दा पानी कै बढि चिन्ता हुन्थ्यो ।’ नादेकोट बस्ती माथि छ, पानीका मुहानहरू तल छन्।बस्तीबाट खानेपानीको मुहान भएका आमखोली पुग्नै एक घण्टा लाग्छ।पानीको गाग्री बोकेर हिडेपछि एक घण्टामा घर पुग्न मुस्किल पर्थ्‍यो।

‘फागुनदेखि असारसम्म खडेरी बस्तीभरी खडेरी हुन्थ्यो’ उनले भनिन्,‘गाई, गोरु र भैसीलाई पानी बोकेरै खुवाउने पर्थ्यो।विहानदेखि बेलुकासम्म एक जनाको काम पानी बोक्ने नै हुन्थ्यो।’ रुखो माटो भएकाले खडेरीमा लगाएका बालीसमेत फस्टाउँदैन थियो।वर्षात्मा लगाएको मकै राम्रो उब्जनी भएपनि हिउँदमा भने लगाएको बीऊ मात्रै ठिक्कै हुन्थ्यो।उब्जनी राम्रो नभएपछि पेट पाल्नै गाह्यो हुन्थ्यो।

भन्छिन्,‘घरबारीमा लगाएका अन्नले दुई महिना खाना पुग्दैन थियो।धान लगाउँनलाई खेत नै थिएन्।अर्काको जग्गामा अंश दिनेगरी अधिग्या लगाउनु पर्थ्यो।’ आम्दानीको स्रोत केही नभएपछि अधिकाशं यूवाहरू रोजगारीका लागि ज्याला मजदुरी गर्न भारत कै भरपर्नु पथ्यो।शाहीलाई मात्रै होइन्, विगतमा नादेकोटका ३५ घरपरिवारले खानेपानीको समस्या भोग्दै आएका थिए।तर, हिजोआज उनको दैनिकी बदलिएको छ।ग्रामिण सार्य बहुउद्देश्यीय पानी प्रर्णाली परियोजना अन्तरगत लिफ्टीङ्गमार्फत खानेपानी भान्सामै पुगेको छ।

आमखोली गोदेरी सोलार खानेपानी आयोजना निर्माण भएपछि पानी बोक्नुपर्ने बाध्यता विगत ९ महिनादेखि हटेको छ।घरआगनमा पानी आएपछि विगतमा पानी बोक्ने उनको समय बचत भएको छ। घर, टोलमा धारा जडान भएका छन्।दैनिक उपभोगका लागि प्रयाप्त पानी आउँछ।विगतमा पानी बोक्ने समयमा उनका लागि फर्सदिलो बनेको छ।खडेरीमा नसुक्ने गरि पानी आउन थालेपछि उनले बहुउपयोग गर्न थालेकी छन्।दैनिक उपभोगबाट खेर जाने पानीलाई तरकारी सिचाई गरेर बहुउपयोग गरको उनले बताइन्।

खडेरीमा लगाएको कम उव्जनी हुने जग्गामा टमाटर खेती गरेकी छन्।भन्छिन्,‘विगतमा अन्नबाली भन्दा तरकारीबाट राम्रो आम्दानी भएको छ।पैशा छैन्, भन्नुपर्ने बाध्यता हटेको छ ।’ पानी ल्याउँदा लाग्ने समय सदुपयोग भएको छ।विहान उठेपछि तरकारीबारीमा पस्ने उनी बेलुका पैशा बोकेर घर फर्किन्छिन्।सिजनमा ३० हजार शुद्ध बचत हुने गरेको उनले बताइन्।

बस्तीमा खानेपानी पुगेपछि दैनिकी बदलिएको महशुस भएको नादेकोटका रुद्रे डाँगीले बताए।सिचाई भएपछि उनले पनि झण्डै चार रोपनीमा तरकारी लगाएका छन्।मकै भित्र्याएपछि लगाएको टमाटरबाट तीन लाख रूपैयाँ कमाए।घरखर्च चलाउँन ज्याला मजदुरीको भरपर्नुपर्ने उनको बाध्यता हटेको छ।भन्छन्,‘तरकारीबाटै राम्रो आम्दानी हुन्छ भने परिवार विर्सिएर भारत को जान्छ ?’

मंगली र रुद्रे जस्ता नादेकोटका ३५ घरपरिवारले खानेपानी आगनमै पाएका छन्, हिजोआज।धारामा पानी आउन थालेपछि नादेकोटबासीले अन्नबाली उत्पादन गर्ने आगनको जग्गामा तरकारी फलाउन थालेका छन्।एक पटक प्रयोग गरेको पानी करेसाबारी सिचाई गर्छन्।एक घर, एक करेसाबारी छ।तरकारीबाटै पछिल्लो समयमा त्यहाँका बासिन्दाहरू आम्दानी बृद्धि गर्न थालेका छन्।

बस्तीमा सडक पुगेको छ।तर, सडक गुणस्तर नहुँदा उत्पादन गरेको तरकारीले बजार पाउँदैन्।सडकमा गाडी नगुड्ने भएपछि खडेरीमा पानीको गाग्री बोक्ने डोकोभरी तरकारी लिएर बजार धाउँछन्।स्थानीय बाटेचौर बजारमा रहेको तरकारी संकलन केन्द्रमा उनीहरूले तरकारी विक्रि गर्ने गरेका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’