सुर्खेतमा विप्लवको प्रदर्शन

‘निर्मला पन्तका बलात्कारी र हत्यारालाई सरकारले नै संरक्षण गरेको छ’

‘निर्मला पन्तका बलात्कारी र हत्यारालाई सरकारले नै संरक्षण गरेको छ’
+
-

सुर्खेत – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका १३ वर्षीया निर्मला पन्तलाई न्यायको माग गर्दै नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा प्रदर्शन गरेको छ।

हत्या भएको चार महिनासम्म पनि निर्मलाको हत्यारा पत्ता लगाउन नसकेको दावी गर्दै नेकपाका कार्यकर्ताहरुले आइतबार वीरेन्द्रनगरमा सरकारविरुद्ध प्रदर्शन गरेका हुन्।

मंगलगढी चोकबाट सुरु भएको विरोध र्याली नेताचोक, बुद्धपथ, लक्ष्मी चलचित्र हल, हटिया, गोदामलाइन हुँदै बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभामा अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा दलित जनजाति विभाग प्रमुख धनबहादुर नेपालीले निर्मलाको हत्यामा संलग्नलाई पक्राउ गरी सार्वजनिक गर्न माग गरे। उनले निर्मलाका हत्यारालाई सरकारले नै संरक्षण गरेको आरोप पनि लगाए।

यस्तै, अखिल अखिल नेपाल महिला संगठनका केन्द्रीय सदस्य गोमा ओली, सुर्खेतका इञ्चार्ज धुव्र बोगटी, पार्टी सेक्रेटरी यामराज खड्का लगायतले दोषीलाई सरकारले कारबाही नगरे आफ्नो पार्टीले कारबाही गर्ने चेतावनी दिएका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’