मेची पुलको उदघाटन प्रधानमन्त्री ओलीले गर्ने, प्रयोगमा आउने आश

मेची पुलको उदघाटन प्रधानमन्त्री ओलीले गर्ने, प्रयोगमा आउने आश
+
-

भद्रपुर- सरकारी अदूरदर्शिताका कारण निर्माण सम्पन्न भएर लामो समय प्रयोगविहीन अवस्थामा रहेको झापा भद्रपुरको मेची पुल मंसिर २६ गते प्रधानमन्त्री ओलीले उदघाटन गर्ने भएका छन्।

सो पुल हुँदै नेपालतिर आउने सडक निर्माण नभएकाले अहिलेसम्म पुल प्रयोगमा आउन सकेको थिएन। अहिले सडक बन्ने स्थानका मानव बस्ती हटाएर बाटो बनाउने काम भइरहेको छ।

पूर्वी नेपाल र भारतसंगको सीमाना भद्रपुरमा ३३ करोड रुपैयाँको लागतमा नयाँ मेची पुल बनेको हो।

झापाको सदरमुकाम भद्रपुर लगायत पूर्वी तराईको व्यापार व्यवसायमा सहयोग पुग्ने भन्दै दसकौंदेखि यहाँका सर्वसाधारण तथा व्यवसायीले मेची नदीमा पक्की पुल बन्नुपर्ने माग राख्दै आएका थिए।

२०२२, २०४१ र २०६६ गरि तीन पटकसम्म उक्त पुलको शिलान्यास भएको थियो।

पूर्वी नेपालमा उद्योग कल कारखाना खुल्ने क्रम बढेकाले यहाँ उत्पादित सामान भारत निकासी गर्न र भारतबाट कच्चा पदार्थ नेपाल आयात गर्न सहज हुने भएकाले उक्त पुलको उपयोगिता महत्वपूर्ण भएको झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकाल बताउँछन्।

उक्त पुलको लम्बाई ५ सय ६० मिटर रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?