स्थानीयद्वारा पूर्वपश्चिम राजमार्ग अवरुद्ध, कर्मचारीमाथि झुटो मुद्दा लगाएको आरोप

स्थानीयद्वारा पूर्वपश्चिम राजमार्ग अवरुद्ध, कर्मचारीमाथि झुटो मुद्दा लगाएको आरोप
+
-

बिर्तामोड – प्रहरीले राष्ट्रसेवक कर्मचारीलाई झुटो मुद्दा लगाएर फसाएको आरोप लगाउँदै झापाको चारआलीका स्थानीयबासीले शुक्रबार पूर्वपश्चिम राजमार्ग २ घण्टा बन्द गरेका छन्। उनीहरुले बजारसमेत बन्द गराएका थिए।

बिहान ११ बजे देखि १ बजेसम्म सडक अवरुद्ध तथा पसल बन्द गरेपछि स्थानीय बुद्धिजीवी र प्रहरी प्रशासनबीच चारआलीमा भएको वार्ताले पक्राउ परेका मेचीनगर १३ का श्रीराम मरासिनीलाई शुक्रबार साँझसम्म रिहा गर्ने सहमतिपछि अवरुद्ध खुलेको हो।

उनलाई प्रमुख जिल्ला अधिकारीको इजलासमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापा प्रवक्ता महेन्द्रबहादुर श्रेष्ठले जानकारी दिएका छन्।

गत मंसिर १० गते अभद्र व्यवहार गरेको अभियोगमा मेचीनगर–१३ का यादव भट्टराईलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको थियो। गत मंसिर १६ गते भट्टराई जिल्ला प्रशासन कार्यालय झापामा ८ हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए।

प्रशासन कार्यालयले माग गरेको धरौटीमा छुटे पनि ‘हामीले मिलाएर छुटाएको हो’ भन्दै मरासिनीले पटक–पटक पैसा मागेर यादव परिवारलाई दुःख दिँदै आएको जिल्ला प्रहरी कार्यालय झापाको दाबी छ।

तर, स्थानीयबासीले दोषी प्रहरीलाई चोख्याएर निर्दोष कर्मचारीलाई फसाउन लागिएको बताएका छन्। मरासिनीलाई पक्राउ गरी सार्वजनिक शान्ति विरुद्धको कसुर अन्तरगत जिल्ला प्रशासन कार्यालय झापाबाट ७ दिन म्याद थप गरी अनुसन्धान सुरु गरेको थियो।

डिएसपी श्रेष्ठ भन्छन्, ‘दोषी देखिइसकेपछि मरासिनीलाई कारबाही हुन्छ नै चाहे उनी धरौटीमा छुटुन्। हामीले मुद्दा दायर गरिसकेका छौँ।’

घुस प्रकरणमा जोडिएका प्रहरी चौकी चारआलीका असई उत्तमकुमार कार्कीलाई निलम्बन गरिएको छ। सो प्रकरण सार्वजनिक भएलगत्तै जिल्ला प्रहरी कार्यालय झापाले अनुसन्धान गर्न प्रहरी नायव उपरीक्षक महेन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन टोली बनाएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?