कास्कीको सिक्लेसमा बन्यो शान्ति स्मारक

सामाजिक रुपान्तरणका लागि जोखिम मोलेर हतियार बिसायौँः प्रचण्ड

सामाजिक रुपान्तरणका लागि जोखिम मोलेर हतियार बिसायौँः प्रचण्ड
+
-

पोखरा – तत्कालीन १० वर्षे जनयुद्धका कमाण्डर, पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका लागि आफुले ठूलो जोखिम मोलेर हतियार बिसाएको बताएका छन्।

कास्कीको सिक्लेसका निर्माण गरिएको शान्ति स्मारकको उद्घाटन गर्दै प्रचण्डले सशस्त्र जनयुद्धलाई शान्ति प्रक्रियामार्फत सामाजिक रुपान्तरणमा परिणत गर्नुपर्छ भन्ने ठानेर एकतर्फी युद्धविरामको घोषणा गरेर शान्ति प्रक्रियामा आएको बताएका छन्।

प्रचण्डले तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले पनि ठूलो जोखिम मोलेर सिक्लेस आएको बताए। उनले भने, ‘कृष्ण सिटौलाजी द्वन्द्वको चरम अवस्थामा पनि पुलिस सेनाको सुरक्षाबिना हेलिकप्टरबाट सिक्लेस आउनु भयो, तत्कालीन अवस्थामा कुनै पनि तलमाथि भएको भए उहाँमाथि आक्रमण हुन सक्थ्यो। तर उहाँको आत्मविश्वास र निडरपनले शान्ति प्रक्रियालाई अगाडि बढाउन भूमिका खेल्यो।’

प्रचण्डले तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई यतिबेला निकै सम्झेको बताए। उनले भने, ‘नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको साथ र संकल्पले शान्ति प्रक्रियाको थालनी भएको हो।’

कार्यक्रममा १० वर्ष जनयुद्धको पूर्णविराम गरी शान्ति प्रक्रियाको प्रस्थानबिन्दु बनेको कास्कीको मादी गाउँपालिकामा निर्माण भएको शान्ति स्मारकले युद्धका धेरै कुरालाई प्रतिविम्ब गरेको बताए। उनले भने, ‘सिक्लेस शान्ति प्रक्रियाका लागि ऐतिहासिक ठाउँ हो। द्वन्द्व व्यवस्थापन गरेर शान्ति प्रक्रियाबाट अगाडि बढेको हाम्रो इतिहास विश्वका लागि नमूना योग्य रहेको छ।’ नेपालको शान्ति प्रक्रियालाई विश्वले नै अध्ययन गर्न थालेको उनले बताए।

प्रचण्डले तत्कालिन समयमा सिक्लेस बासीको साथ र सहयोग निकै सराहनीय आत्मीय रहेको स्मरण गरे। सिक्लेसबासीको हृदयदेखिको स्वागत र सम्मानले आफुलाई निकै भावुक बनाएको बताउँदै शान्ति प्रक्रियामा सिक्लेस बासीको पनि ठुलो योगदान रहेको उनको भनाई थियो।

प्रचण्डले सिक्लेस ऐतिहासिकस्थल भएको स्मरण गर्दै प्राकृतिक सुन्दरता राजनीतिक द्वन्द्व व्यवस्थापनको पनि महत्वपूर्ण स्थल भएकाले यसको भौतिक विकासका लागि पहल गर्न बताए। अध्यक्ष प्रचण्डले तत्कालीन विद्रोही तथा सरकार दुवै पक्षले जोखिम मोलेर नै शान्ति प्रक्रियाको थालनी गरिएको भन्दै अब शान्ति प्रक्रियाका बाँकी कामहरु छिट्टै टुङ्गो लगाउने बताए।

कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शान्ति प्रत्रियामा स्व. गिरिजाप्रसाद कोइरालाको योगदान महत्वपूर्ण रहेको बताए। शान्ति र विकासकालागि नेपाली कांग्रेस सधैँ अग्रपङ्तिमा रहेको बताउँदै अहिले प्रतिपक्षमा भएपनि विकास र समृद्धिका लागि सकारात्मक सहयोगका लागि सहयोग गर्न तत्पर रहेको बताए।

तत्कालीन माओवादी र सरकारपक्षबीच शान्ति सम्झौता भएको १२ वर्ष भएको अवसरमा उक्त मूर्तिको आज अनावरण गरिएको हो। शान्ति प्रकृयासँग सम्बन्धित विगत, वर्तमान र भविष्यको सन्देश दिने विभिन्न २० वटा भाव व्यक्त गरिएको कलाकार तथा मूर्तिकार नारदमुनि हार्तुमछालीले जानकारी दिए। स्मारकमा शान्ति प्रक्रियासँग सम्बन्धित विभिन्न तस्बीर, दस्तावेज समेटिने गरी सग्रहालय सञ्चालन गरिएको छ।

मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले शान्ति प्रक्रियाको ऐतिहासिक महत्व स्मरण गराउने उद्देश्यले स्मारक निर्माण गरिएको जानकारी दिए। उनले करिब १५ लाखको लागतम स्मारक तयार भएको जानकारी दिए । प्रचण्ड सिटौला लगायतलाई सिक्लेसबासी भव्य स्वागत गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?