
पोखरा – पोखरा महानगरपालिकामा इजलास सुरु भएको छ । महानगरको न्यायिक समितिले सोमबारदेखि इजलासबाटै मुद्दाको आदेश र सुनुवाइको थालनी गरेको हो । यस अघि न्यायिक समितिकी संयोजक एवं उपप्रमुख मञ्जुदेवी गुरुङले आफनो कार्यकक्ष प्रयोग गदै आएकी थिइन् ।
सम्वन्ध विच्छेद सम्बन्धी न्यायिक समितिमा छलफल भैरहेको विवादको विषयलाई अदातल पठाउने आदेश न्यायिक समिति संयोजक गुरुङले दिएसँगै महागनरमा इजलास सञ्चालन सुरु भएको .हो ।
संयोजक गुरुङ, न्यायिक समिति सदस्य पार्वती कार्की, किशोर बराल, महानगरका सहायक प्रमुख प्रशासकीय अधिकृत यमलाल अधिकारी, न्यायिक समिति अन्र्तगत रहेका उजुरी प्रशासक नारायणप्रसाद शर्मा, अभिलेख प्रशासक राममणी अधिकारी सहितको उपस्थितिमा इजलास सुरु भएको हो ।
अभिलेख प्रशासक राममणी अधिकारीले सम्वन्ध विच्छेद समबन्धी छलफल भैरहेको विषयलाई जिल्ला अदातल पठाउने निर्णयको फाइल इजलासमा प्रस्तुत गरेका थिए । फाइलनमा न्यायिक समिति संयोजक गुरुङ, सदस्यद्धय कार्की र बरालले हस्ताक्षर गरेपछि जिल्ला अदातल पठाउने आदेश भएको हो ।
समितिले देवानी प्रकृतिका मुद्दा निरूपण गर्ने अधिकार पाएको छ । न्यायको पहुँच घर घरमा पुर्याउँने उद्देश्यले न्यायिक समिति गठन गरि मेलमिलापकर्ता छनोट गदै मेलमिलाप मार्फत विवाद समधान गरिरहेको छ ।