सुर्खेत – जिल्ला जनस्वास्थ्य कार्यालय कालिकोटको एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको बा २ झ १७४० नम्बरको एम्बुलेन्स बिहिबार दैलेखको गुराँस गाउँपालिका–४ लाखेमा दुर्घटना हुँदा त्यसमा सवार कालिकोट मान्मका १९ वर्षीय शैनेश विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक कालिकोटको खडाचक्र नगरपालिका–२ का २३ वर्षीय गणेश खड्का घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुर पोखरेलले बताए ।
सुर्खेतमा बिरामी छोडेर कालिकोट जाँदै गरेको एम्बुलेन्स ब्रेकफेल हुँदा दुर्घटना भएको बताइएको छ । एम्बुलेन्स सडकबाट झण्डै डेढसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

भर्खरै
लोकप्रिय






































































































































































































