पोखरा महानगरको अव्यवस्थित तार हटाउने अभियान शुरु

पोखरा महानगरको अव्यवस्थित तार हटाउने अभियान शुरु
+
-

पोखरा – पोखरा महानगरपालिकाले आजबाट बजार क्षेत्रमा रहेका अब्यवस्थित तारहरुलाई हटाउने अभियान शुरु गरेको छ। पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले तार हटाउने ४० दिने अभियानको शुरुवात गरेका हुन्।

पहिलो चरणमा सिद्धार्थ चोकदेखि न्यूरोड हुँदै सभागृह चोक, दोस्रो चरणमा पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, नयाँबजार पृथ्वीचोक हुँदै सभागृह चोक, तेस्रो चरणमा सभागृह चोकदेखि सिर्जनाचोक, जिरोकमी हुँदै लेकसाइडको हल्लनचोक र चौँथो चरणमा हल्लनचोकदेखि बाराहीचोक, गौरीघाट, शहीदचोक हुँदै मुस्ताङचोकसम्म अभियान सञ्चालन हुनेछ।

सडक छेऊ पोलमा राखिएका अनावश्यक तारहरुकै कारण सहर कुरुप हुनका साथै बेला बेला दुर्घटना निम्तिन जाने भएकाले महानगरले यो अभियान सुरु गरेको मेयर जिसीले बताए।

पर्यटकीय शहर पोखराका सडकमा रहेका बिजुली, केबुल, टेलिफोन र इन्टरनेटका अब्यवस्थित तारका कारण शहरको सुन्दरतमा ह्रास आउनुका साथै विभिन्न समयमा दुर्घटना निम्तिएपछि महानगरले चासो दिएर अभियान शुरु गरेको हो।

तार हटाउन प्राविधिक सहयोग नेपाल टेलिकमले उपलब्ध गराएको छ। बजारमा केवल इन्टरनेटका विभिन्न ४५ कम्पनीका तारहरु रहेपनि ९ कम्पनीका प्रतिनिधि मात्र सम्पर्कमा आएको महानगरका उपसचिव तथा सूचना अधिकारी गंगालाल सुवेदीको जानाकारी दिएका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?