१३ वर्षमै बच्चा जन्माएकी बालिकालाई महानगरको सहयोग

१३ वर्षमै बच्चा जन्माएकी बालिकालाई महानगरको सहयोग
+
-

पोखरा – १३ वर्षको उमेरमै बच्चा जन्माएकी बालिकालाई पोखरा महानगरले आर्थिक सहयोग गरेको छ । महानगरद्धारा संचालित उपप्रमुखसँग महिला कार्यक्रम मार्फत आर्थिक सहयोग प्रदान गरिएको हो ।

धरानका १९ वर्षका युवाले बालिकालाई गर्भवति बनाएका थिए । बालिका गर्भवति भएको करिब ६ महिनापछि मात्रै जानकारी भएको उनकी आमाले बताइन् ।

फेसबुककै चिनजान र भेटघाटका आधारमा माया प्रेम बसेको र दुईजनाबिच यौन सम्बन्ध भएर गर्भ रहेको उनकी आमाले जानकारी दिइन् ।

बालिकालाई अस्पतालबाट डिस्चार्ज गरिएको भए पनि बच्चामा सामान्य जन्डिस देखिएका कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको एनसियूमा राखिएको छ । बच्चामा ठूलो समस्या छैन, तर सामान्य जन्डिस देखिएका कारण अस्पताल राखिएको हो । उनले नर्मल डेलीभरीमै बच्चा जन्माएकी हुन् । आमा र बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । बालिकाले सोमबार बेलुका साढे तीन किलो तौल भएको छोरा जन्माएकी थिइन् ।

उपप्रमुखसँग महिला कार्यक्रम संचालक समितिका संयोजक एंव पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङसहितको नौ सदस्यीय संचालक समितिका सदस्यहरुले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेर सुत्केरी १३ वर्षकी बालिकालाई नगद १० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । सानो र परिपक्व नहुँदै बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा समस्या हुने बताउँदै स्वास्थ्यमा ध्यान दिन आग्रह गरिन् ।

नेपालको कानुन अनुसार १८ वर्ष भन्दा कम उमेरका बालिकालाई सहमतिमै यौन सम्पर्क गरे पनि बलात्कार भएको ठहर हुन्छ । ती बालिकालाई गर्भवति गराउने युवक अहिले स्याङ्जास्थित कारागारमा छन् । १३ वर्षिय बालिका र बच्चालाई स्वीकार गर्न तयार रहेको केटा पक्षका आफन्तले बताएको बालिकाका परिवारले बताएका छन् ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’