चालकलाई छातीमा हात राखेर कसम खुवाउँदै ट्राफिक प्रहरी

चालकलाई छातीमा हात राखेर कसम खुवाउँदै ट्राफिक प्रहरी
+
-

विर्तामोड – दुर्घटना गराउने कुनै पनि काम गर्दिन भनेर छातीमा हात राख्न लगाएर चालकलाई कसम खुवाउने अभियान ट्राफिक प्रहरीले सुरु गरेको छ। यो अभियान प्रदेश नं १ का विभिन्न स्थानहरु भइरहेको प्रदेश नं १ को ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

‘दुर्घटना घटाऔँ मान्छे बचाऔँ’ भन्ने नारा लिएर प्रदेश नं १ मा ट्राफिक प्रहरी हिँडिरहेको छ। सोही अभियानमा शनिबार इलामको फिक्कलमा सवारी साधनका चालकलाई दुर्घटना गराउने कुनै पनि काम गर्दिन भनेर कसम खुवाइएको प्रदेश नं १ ट्राफिक प्रहरीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।

अहिले देशका विभिन्न स्थानहरुमा दिन प्रतिदिन सवारी दुर्घटना भइ व्यापक जन धनको क्षति भइरहेको सन्दर्भमा ट्र्याक्टर, ट्रकहरुमा मानिसहरु नचढाउने, यात्रुवाहक सवारी साधनहरुमा क्षमता भन्दा बढी कोचाकोच मानिसहरु चढाएर सञ्चालन नगर्ने, लापरवाहीपूर्वक तीब्र गतिमा सवारी नचलाउने कसम खुवाइएको थियो।

प्रसाईंले चालकहरुलाई छातीमा हात राख्न लगाई प्रतिज्ञा गर्न लगाएका छन्। प्रसाईंले सवारी चलाउँदा ध्यान दिनुपर्ने कुरा, सवारीको लाइट प्रयोग गर्ने तरिका, दुर्घटनाबाट बच्ने र बचाउने तरिकालगायत विविध ट्राफिक नियम सम्बन्धी प्रशिक्षण समेत दिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?