पत्रकारले पहुँचमा रहेकाहरुलाई मात्र स्थान दिएको मन्त्रीको गुनासो

पत्रकारले पहुँचमा रहेकाहरुलाई मात्र स्थान दिएको मन्त्रीको गुनासो
+
-

पोखरा – पत्रकारहरुले पहुँचवालाहरुको मात्रै आवाजलाई प्राथमिकता दिन नहुने गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले बताएकी छन् ।

सञ्चारिक समूह नेपाल गण्डकी प्रदेशको पाँचौँ अधिवेशनमा बोल्दै उनले अधिकांश पत्रकारले राजनैतिक पहुँच र शक्तिसँग नजिक रहेर समाचार सम्प्रेषण गर्दा शक्तिविहिनहरुको आवाज प्राथमिकता पर्न नसकेको बताइन् ।

उनले सामाजिक विकास र रुपान्तरणकालागि पत्रकारको भूमिका महत्वपूर्ण हुने भन्दै राजनीतिक बाहेकका समाचारलाई पनि पत्रकारले महत्व दिनु पर्ने बताइन् ।

उनले पत्रकार महिलाका चुनौति कैयन भएका भन्दै महिला मैत्री सञ्चार नीति मार्फत यस क्षेत्रमा महिला पत्रकारलाई स्थापित गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद राजिव पहारीले सत्य समाचारका लागि पत्रकारले आफ्नो भूमिकालाई भुल्न नहुँने बताए । उनले पछिल्लो समय बढ्दो महिला हिंसालाई न्युनिकरण गर्न पत्रकार महिलाहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

अर्का सांसद मिना गुरुङ्ग पत्रकारमा आम मानिसको धारणालाई बदल्न सक्ने क्षमता रहने भन्दै त्यसको दुरुपयोग गर्न नहुने धारणा राखिन् । कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, संस्थाका सल्लाहकार नारायण कार्की, संस्थापक अध्यक्ष दुर्गा भण्डारी लगायतले महिला पत्रकारको संख्यात्मक र गुणात्मक वृद्धि गर्नु पर्नेमा जोड दिएका थिए ।

सञ्चारिक समूह गण्डकी प्रदेशका अध्यक्ष जमुना वर्षा शर्माले आफ्नो तीन वर्ष कार्यकाल सफल रहेको भन्दै पत्रकारिता मार्फत सामाजिक रुपान्तरणमा क्रियाशिल हुने धारणा राखिन् ।

कार्यक्रमको बन्द सत्रमा महासचिव कविता श्रेष्ठले प्रगति प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । नयाँ नेतृत्व आज चयन हुँदैछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?