आमरण अनशन बस्ने एक दिनअघि डा. केसीसँग सरकारले माग्यो थप समय

आमरण अनशन बस्ने एक दिनअघि डा. केसीसँग सरकारले माग्यो थप समय
+
-

काठमाडौँ – डा. गोविन्द केसीले अनशनका लागि घोषणा गरेको मिति आउन एक दिन मात्रै बाँकी रहेका बेला संसदीय समितिले उनलाई पूर्व सम्झौताअनुसार काम गर्न केहीदिनको समयसीमा मागेको छ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले सरकार र डा. केसीबीच भएको सम्झौता अनुसार छलफल गर्न केही समय आवश्यक परेको केही समय दिन केसीलाई आग्रह गरेकी हुन्।

डा. केसीका सहयोगी डा. अभिषेक राज सिंहका अनुसार फोनमार्फत घर्तीले त्यस्तो आग्रह गर्दै सोमबार छलफलका लागि डा. केसीलाई आमन्त्रित गरिएको छ।

डा. केसीले छलफलमा भाग लिने या पूर्व निर्धारित समयमा अनशन बस्ने भन्नेबारे सोमबार नै निर्णय लिने बताएका छन्। उनले मंसिर २० गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलनमार्फत पुस २ गतेसम्म आफ्ना माग पूरा नभएमा अनशन बस्ने चेतावनी दिएका थिए।

डा. केसीले गत साउनमा सरकार र आफुबीच भएको सम्झौताअनुसार संसदबाट चिकित्सा शिक्षा ऐन पारितको माग अघि सारेका छन्।

यस्तै, गौरीबहादुर कार्कीको नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहराएकाहरुलाई कारबाही हुनुपर्ने पनि उनको माग छ।

डा. केसीले संघीयतामा मुलक गइसकेको जनाउँदै सातै वटै प्रदेशमा पूर्व सम्झौताअनुसार एक–एक वटा सरकारी मेडिकल कलेज सञ्चालनमा ल्याउनु पर्ने उनको माग छ।

डा. केसीले निर्मला पन्तका हत्यारालाई फौजदारी मुद्दा चलाउन पनि सरकारसँग माग गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?