सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा रावत निर्वाचित

सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा रावत निर्वाचित
+
-

सुर्खेत-सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक प्यानलका धनबहादुर रावत विजयी भएका छन्।रावतले संयुक्त प्यानलका उम्मेदवार प्रकाश उप्रेतीलाई १७ मतको अन्तरले पराजित गरेका छन्।

रावतले आठ सय १० मत प्राप्त गर्दा उप्रेतीले भने सात सय ९३ मत ल्याएका छन्। २२ पदका लागि भएको निर्वाचनमा लोकतान्त्रिक व्यवसायीक समूहले अध्यक्षसहित १३ पदमा विजय हाँसिल गरेको छ।

संयुक्त उद्योगी–व्यवसायिक समूहले भने दुई जना पदाधिकारीसहित नौं पदमा मात्र जीत हात पारेको छ।वरिष्ठ उपाध्यक्षमा भने संयुक्त व्यवसायी समूहका हर्षविक्रम खड्का विजयी भएका छन्। सात सय ८९ मत प्राप्त गरेका खड्काले आफ्ना प्रतिस्पर्धी वासुदेव शर्मालाई १५ मतले अन्तरले पराजित गरे। शर्माले सात सय ७४ मत प्राप्त गरे।

वाणिज्य उपाध्यक्षमा सात सय ७३ मतसहित दिपेन्द्र ढकाल विजयी हुँदा सात सय ६४ मत प्राप्त गरेका प्रबल शाही पराजित हुन पुगे । उद्योग उपाध्यक्षमा संयुक्त प्यानलका गणेशकुमार बस्नेतले आठ सय पाँच मतसहित विजयी भए।

उनका प्रतिस्पर्धी हरी विष्टले सात सय २४ मत प्राप्त गरे । महिला उपाध्यक्षमा सात सय ६६ मतसहित कृष्णाकुमारी थापा विजयी हुँदा बसन्ती बस्नेतले सात सय ४७ मत प्राप्त गरेकी छिन्।

यसैगरी महासचिवमा संयुक्त व्यवसायी समूहका कलाधर उपाध्यायलाई ३० मतको अन्तरले पराजित गर्दै लोकतान्त्रिक समूहका लक्ष्मण कंडेल विजयी भए। कंडेलले सात सय ७८ मत प्राप्त गरेका छन् भने उपाध्यायले सात सय ४८ मत प्राप्त गरे।

आठ सय ६ मत ल्याएर भद्र भण्डारी विजयी हुँदा उनका प्रतिस्पर्धी गोविन्द पाण्डेले सात सय ३० मत मात्र प्राप्त गरे । सचिवमा सात सय ६५ मत प्राप्त गरी विजयी भएका छन् भने सात सय ५५ मत प्राप्त गरेका शिवराज अधिकारी पराजित हुन पुगे । महिला सदस्यमा संयुक्त प्यानलका लक्ष्मी कार्की र टिकाकुमारी कंडेल समान सात सय १८ मतसहित विजयी भएका छन्।

खुला सदस्यहरूमा रामप्रसाद जैसी(८०८), प्रेमप्रसाद पाण्डे(७९७), कपिलमणि सुवेदी(७८४), रमेश बराल(७८३), हरिकुमार श्रेष्ठ(७६२), रामबहादुर गौतम(७५४), तेजप्रसाद तिवारी(७४०) विजयी भएका छन्।

यस्तै जनकबहादुर थापा(७६८), प्रेमबहादुर रावत(७६२), भीमप्रसाद पौडेल(७१८), सिंहराज वम(७१५) र कृष्णप्रसाद सुवेदी(७१५) मतसहित विजयी भएका छन्। १२ जना खुला सदस्यमा पाँच जना संयुक्त प्यानलका विजयी भएका छन् भने सात जना लोकतान्त्रिक प्यानलका रहेका छन् । शनिवार भएको निर्वाचनको मतगणना कार्य सोमवार साँझ सम्पन्न भएको हो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’