सुर्खेत–कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि सोमबार बसेको बैठकले मुख्यमन्त्री शाहीलाई दलको नेता चयन गरेको हो।
नेकपाका कर्णाली प्रदेश सह–इन्चार्ज यमलाल कंडेलको प्रस्तावमा मुख्यमन्त्री शाहीलाई दलको नेतामा चयन गरिएको हो।केन्द्रमा नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपनि प्रदेशमा नेकपा संसदीय दलको नेता विहीन बनेको थियो। दलको नेता चयन नभएपछि नेकपाबाट प्रदेशसभाका जेष्ठ सदस्य पदमबहादुर रोकायको अध्यक्षतामा यसअघि संसदीय दलको बैठक बसेको थियो।
तत्कालिन माओवादी केन्द्रबाट संसदीय दलको नेताको जिम्मेवारी सम्हालेका शाही नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय केन्द्रीय सदस्य हुन् । उनी वि.सं. २०४८ सालमा नेकपा मसाल एकता केन्द्रवाट आधिकारिक राजनीतिमा लागेका थिए।
२०५२ वाट भुमिगत र सशस्त्र जनयुद्धमा सामेल भएका उनी २०५३ सालमा मध्यमान्चलको गुरिल्ला गठनमा सदस्यदेखि लडाकु जीवनमा प्रवेश गरेका उनले राजनीतिक र फौजी दुबै मोर्चामा शैन्य नेतृत्व सम्हाल्दै सशत्र युद्धमा सरिक हुँदै पश्चिम नेपालका बुटवलदेखि दार्चुलासम्म हुने जुनसुकै जनयुद्ध नेतृत्वदायी भूमिका निर्वाह गर्दै शान्ति प्रकृया हुँदै सेना समायोजनसम्म सैनिक क्षेत्रमा महत्वपुर्ण भूमिका निर्वाह गरे।
सुरुमा वार्ड कमाण्डर, स्क्वाइड कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर, बटालियन कमाण्डर, बिग्रेड कमाण्डर हुँदै डिभिजन कमाण्डरसम्मको नेतृत्व गर्न सफल हुनुभएका शाही नेपाली सेनामा समायोजनको क्रममा पार्टीको मूलधारको राजनीतिमा आएका उनी २०७० को संविधान सभा निर्वाचनमा कालिकोटबाट संविधाननसभा सदस्यमा निर्बाचित भएका थिए।
संविधाननसभाभित्र पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका उनले राज्यसताभित्र रहेको बिभिन्न विकृतीहरु, बिसंगतिहरु र भ्रष्टाचारजन्य मामिलाका बिरुद्धमा शशक्त ढङ्गले लडदै लोकमानसिंह कार्कीलाई महाअभियोग प्रस्ताव दर्ता गर्न साहसिक कदम चालेका थिए।
प्रदेश सभामा दुई तिहाई बहुमत भएको नेकपाको संसदीय दलको नेता चयन भएसँगै पार्टीको भूमिका प्रभावकारी बनाउन मदत पुग्नेछ। बैठकबाट नेकपा कर्णाली प्रदेशको विद्यान पारित गरिएको छ।
विधानअनुसार नै दलको प्रमुख सचेतक र सचेतक चयन गरिने नेकपाका सांसद धर्मराज रेग्मीले बताए। उनका अनुसार आगामी बैठकमा दलको सचेतकका बारेमा छलफल हुनेछ ।

भर्खरै
लोकप्रिय






































































































































































































