विद्यालयबाट हराएका बालक सेफ्टी ट्यांकीमा मृत भेटिए

विद्यालयबाट हराएका बालक सेफ्टी ट्यांकीमा मृत भेटिए
+
-

सुर्खेत– विद्यालयबाट सम्पर्कविहीन भएका एक बालक मृत अवस्थामा भेटिएका छन् । दैलेखको नारायण नगरपालिका–१ स्थित सनराईज बोर्डिङ स्कुलमा युकेजीमा अध्ययनरत ६ वर्षीय हिक्मत शाही बुधबार मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार सनराईज स्कुल नजिकैको खानेपानी सेफ्टी ट्यांकीमा उनको शव फेला परेको हो । मंगलबार बिहान स्कुल गएका बालक १ बजेदेखि वेपत्ता भएका थिए । बालक सम्पर्कविहीन भएपछि खोजीकार्य तीव्र पारिएको थियो ।

जिल्ला प्रहरी प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले बालकको खोजी गर्दा प्रहरीले मृत अवस्थामा भेटाएको जानकारी दिए । ‘बालक विद्यालयको पोशाकमा मृत भेटिएका छन्’ उनले भने,‘मंगलबार दिउँसो हराएका बालक विहान ८ बजे मृत अवस्थामा भेटिएका छन् ।’

मृत बालकको शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको डिएसपी पोखरेलले बताए । ठाटीकाँध गाउँपालिका–३ घर भएका बालकका आमाबुवा दैलेख सदरमुकामका खुद्रा व्यापार गर्दै आएका छन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’