नेपाल आइडलका प्रतिस्पर्धी विक्रम बराललाई सिडी विजय अधिकारीको साथ

नेपाल आइडलका प्रतिस्पर्धी विक्रम बराललाई सिडी विजय अधिकारीको साथ
+
-

पोखरा-‘दि भ्वाइस अफ नेपाल’ को फाइनलबाट विजेता बन्‍न सफल भएका पोखराका सिडी विजय अधिकारीले ‘नेपाल आइडल’ को दोस्रो संस्करणका अन्तिम प्रतिस्पर्धी पोखराकै बिक्रम बराललाई जिताउन भोटिङ अपिल गरेका छन्।

बुधबार बिक्रम बराल जिताउ अभियान समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बिक्रमका लागि सिडि विजयले भोट मागेका हुन् ।
आफ्नो जन्मोथलो पोखरामा आफुलाई भोट गरि जिताउने सबै आफ्ना प्रशंसकलाई धन्यवाद दिदैं नेपाल आइडलका प्रतिस्पर्धी बिक्रम बरालका लागि ५० हजार रुपैयाँ समेत हस्तान्तरण गरे।

उनले भने, ‘बिक्रम बराल र म एउटै कलेज पढेका साथि हौ । उसँग राम्रो प्रतिभा छ ’ जसरी बिक्रम बराल सहयोग समिति मलाई जिताउन लागि पर्यो त्यो गुन मैले पनि तिर्नुपर्छ अब म बिक्रमलाई नेपाल आइडल बनाउन लागिपर्छु।’

बिक्रम बराललाई जिताउन मेरो पनि पूर्ण समर्थन रहने छ, उनले भने । आफुलाई जसरी द भ्वाईस अफ नेपालको टाइटल जिताउन देश विदेशबाट सहयोग गर्नुभयो त्यसरीनै बिक्रमलाई पनि आइडल बनाउन सहयोग गर्न सिडीले आग्रह गरे।

स्कुल देखि संगीत शिक्षा समेत एकै ठाउँमा लिएको बताउदै सिडीले पोखरेलीहरुबाट जसरी जुन किसिमको साथ आफुलाई मिलेको छ त्यसरीनै बिक्रमलाई जिताउनमा कुनै दुईमत नरहेको उनले उल्लेख गरे।

नेपाल आइडलको फाइनल शुक्रबार हुदैं छ। काठमाडौंको पुलचोक स्थित ईण्जिनियर क्याम्पसको चौरमा हुने फाइनलमा पोखराका बिक्रम बरालले पनि प्रतिस्पर्धीको रुपमा गाउने छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?