सरकारी आवासमा सांसदको रजाईँ

सांसदले सार्वजनिक गरेको पत्र नक्कली?

सांसदले सार्वजनिक गरेको पत्र नक्कली?
+
-

सुर्खेत– सरकारी आवासमा बसेर घरभाडाबापतको सुविधा समेत लिइरहेका सांसद गोपाल शर्माले बिहिबार आफ्नो फेसबुकमार्फत एउटा पत्र सार्वजनिक गरे । दोहोरो सुविधा लिएको समाचार देशसञ्चारमा प्रकाशित भएपछि सांसद शर्माले सामाजिक सञ्जाल फेसबुकमा राखेको उक्त पत्र नक्कली भएको पाइएको छ ।

गत मंसिर २८ गतेको मिति राखिएको उक्त पत्रमा शर्माले लेखेका छन्, ‘मैले मंसिरको अन्तिम सातादेखि सरकारी आवास प्रयोग गरिरहेको हुँदा प्रदेशसभा सदस्यका हैसियतले पाउने सेवा सुविधामध्ये मिति २०७५ पौष १ गतेदेखि लागू हुने गरी घरभाडाको सुविधा उपलब्ध नगराउनु हुन अनुरोध गर्दछु ।’

कुनै आधिकारिक निर्णयविना नै सरकारी क्वाटर उपयोग गरेर पनि घरभाडावापतको रकम बुझिरहेका उनले आफ्नो बचाउका लागि सार्वजनिक गरेको पत्र नै नक्कली भएको पुष्टि संसद सचिवालयले नै गरेको छ । ‘नैतिक र इमान्दार बन्ने प्रयत्न’ भनी उनले सार्वजनिक गरिएको पत्र कर्णाली प्रदेशसभा सचिवालयमा भने पुगेको छैन ।

शुक्रवार ११ बजेसम्म संसद सचिवालयको रेकर्डमा घरभाडा सम्बन्धि सुविधा कटौती गर्न सांसद शर्माले लेखेको पत्र नै छैन । संसद सचिवालयको गत मंसिर २८ गतेदेखि यता शर्माको पत्र दर्ता नै भएको छैन ।

आफू सरकारी आवासमा बसेको र घरभाडावापतको सुविधा कटौती गर्न संसद सचिवालयमा पत्र पठाएको दाबी सांसद शर्माले गरेपनि एकसाता बितिसक्दासमेत पत्र प्राप्त नभएको सचिवालयका एक कर्मचारीले जानकारी दिए ।

शुक्रबारसम्म शर्माले पठाएको पत्र सचिवालयमा दर्ता भएको छैन । ‘सांसदहरूले आवास सुविधा लिएको सम्वन्धी कुनै पत्र प्राप्त भएको छैन’ ती कर्मचारीले भने,‘सांसद शर्माले मासिक रूपमा प्रदेश सभाबाट घरभाडावापतको सुविधा लिदै आउनुभएको छ । उहाँले आधिकारिक रूपमा कुनै जानकारी दिनुभएको छैन ।’

सांसदले पठाएको पत्रबारे संसद सचिवालयका कर्मचारीहरूले नै फरक–फरक जवाफ दिएका छन् । आवाससहित दोहोरो सुविधा लिएकोबारे बुझ्न खोज्दा प्रदेशसभा सचिवालयका अधिकृत प्रेमप्रसाद आचार्यले सांसद शर्माको पत्र प्राप्त भएको दाबी गरे । अधिकृत आचार्यले सांसदहरूबाटै सुविधा उपभोगबारे सचिवालयमा जानकारी गराउनुपर्ने बताए ।

‘को सांसद कहाँ बस्नुभएको छ भनेर निगरानी प्रदेशसभा सचिवालयले गर्न सक्दैन’ उनले भने,‘हालसम्म सांसद गोपाल शर्माबाहेक अरु सांसदको आवाससम्वन्धि पत्र प्राप्त भएको छैन ।’ उनले सांसद शर्माको पत्र लेखा शाखामा पेश भएको हुनुपर्छ भन्दै अनुमानित जवाफ दिएका थिए । तर, लेखा शाखाले भने कुनै पनि सांसदको पत्र प्राप्त नभएको जानकारी दिएको छ । लेखा शाखामा उक्त पत्र नभएको र सचिवालयकै पत्र दर्ता किताबमा पनि दर्ता नभएको जानकारी गराउँदा अधिकृत आचार्यले कुनै जवाफ दिएनन् ।

सचिवालयका लेखा अधिकृत यामबहादुर विसीले पनि सांसदहरूबाट सरकारी आवास सुविधा लिएको पत्र प्राप्त नभएको जानकारी दिए । ‘हालसम्म यस्तो कुनैपनि पत्र आएको छैन’ उनले भने,‘सचिवालयमा पत्र आएपनि लेखामा जानकारी गराउनुपर्छ । हालसम्म सरकारी आवासमा बसेको जानकारी कोही सांसदहरूले गराउनुभएको छैन ।’

संसद सचिवालयबाट दोहारो सुविधा लिनु गलत भएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए । उनले भने,‘संसद सचिवालयमा जानकारी नदिएर दोहोरो सुविधा लिनु राम्रो होइन, कुनै निर्णयविना नै सरकारी सम्पत्तिको प्रयोग गर्ने र दोहोरो सुविधा लिनु गलत हो ।’
यता सांसद गोापाल शर्माले भने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मौखिक जानकारी दिएर आवास सुविधा लिएको बताए ।

‘प्रदेश सभा सचिवालयमा इमेलमार्फत पत्र पठाएर आवास सुविधा लिएको जानकारी गराएको छु’ उनले दाबी गरे, ‘सांसदले आवास सुविधा लिन कुनै निर्णय चाहिदैन । खजुराबाट सभा भेटाउन गाह्रो भएपछि सरसफाई गरेर सरकारी आवासमा बसेको हुँ ।’ सांसद शर्मासँगै विन्दमान विष्टले पनि आधिकारिक निर्णय विना सरकारी आवास सुविधासहित घरभाडावापतको दोहोरो सुविधा उपभोग गरिरहेका छन् । तर उनले पनि संसद सचिवालयलाई यसबारेमा कुनै जानकारी गराएका छैनन् ।

 

यो पनि पढ्नुहोस्

सरकारी आवासमा सांसदको रजाईँ, लिन्छन् घर भाडा पनि

सरकारी आवासमा सांसदको रजाईँ, लिन्छन् घर भाडा पनि

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’