पोखराबाट कमल थापाको उद्‌घोष

‘फागुन ७ देखि हिन्दु राष्ट्र स्थापनाको जनसंघर्ष सुरु गर्छौ’

‘फागुन ७ देखि हिन्दु राष्ट्र स्थापनाको जनसंघर्ष सुरु गर्छौ’
+
-

पोखरा-कमल थापा नेतृत्वको राप्रपाले हिन्दु राष्ट्र स्थापनाको लागि फागुन ७ देखि जनसंघर्ष सुरु गर्ने घोषणा गरेको छ। शुक्रबार पोखरामा मिडिया नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा राप्रपाका अध्यक्ष कमल थापाले नेपालमा राजतन्त्र सहितको हिन्दु राष्ट्र एक मात्र विल्कप भएको बताएका छन्।

उनले हिन्दु राष्ट र राज संस्था पुनस्र्थापनाको लागि संघर्षको तयारी स्वरुप सात वटै प्रदेशमा पार्टी प्रशिक्षण कार्यक्रम चलिरहेको जानाकारी दिए।  थापाले त्यसैको तयारी स्वरुप प्रदेश स्तरीय कार्यक्रम भइरहेको भन्दै विभिन्न माग सहित फागुन ७ देखि जनसंघर्ष सुरु गर्ने बताए।

थापाले भने, ‘ राष्टब्यापि अभियानमा छौ । ७ वटै प्रदेशबाट तयारी गरिरहेका छौ।’उनले आम नागरिकको चाहाना नै हिन्दु राज्य र राजसंस्था भएको पुष्टि हुँदै गएको आरोप लगाए। नेपालमा राजसंस्था आएरै छोड्ने जिकिर गरे।

थापाले कमजोर राज्य ब्यवस्थाकारण विगत केही वर्ष यता योजनाबद्ध र संगठित रुपमा धर्म परिवर्तन गराउने काम भइरहेको बताए । उनले भने ‘हिन्दुप्रति वितृष्ण फैलाउँदै नियोजित तरीकाले धर्म परिवर्तन भैरहेको भन्दै सदियौँ देखि कायम रहँदै आएको सामाजिक, सांस्कृतिक सद्भाव खल्बलिन सक्छ सचेत बनौ।’ उनले १२ लाख धर्म परिवर्तन गरेको अनुमान रहेको बताए।

उनले आन्दोलनको मुख्य एजेण्डानै हिन्दु राष्ट्र भएको बताए।नेपालको राष्ट्रिय पहिचान र एकताको आधार रहेको सनातन धर्म र संस्कृति खतरामा रहेको भन्दै उनले हिन्दुराष्ट्र मुख्य एजेण्डा बनाई जनदबाब सृजना गर्न यो संघर्ष गर्न लागेको उनले बताए।

थापाले नेपाली कांग्रेसको महासमिति बैठकमा केही नेताहरुले हिन्दु राष्ट्रको पक्षमा बोलेको र हस्ताक्षर अभियान नै चलाएको बताए। विगतमा एक्लै बोकेर हिडेको एजेण्डालाई अहिले अन्य पार्टीले पनि साथ दिन थालेको उनको भनाइ थियो। थापाले ढिलो चाँडो कांग्रेस हिन्दु राष्ट्रको एजेण्डामा आउने विश्वास ब्यक्त गरे।

थापाले पूर्वमन्त्री तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको संयोजकत्वमा यूनिभर्सल पिस फेडेरेसनले आयोजना गरेको कार्यक्रममा सरकारको उपस्थिती रहेको भन्दै थापाले विरोध गरे।धर्म प्रचारक संस्थाले आयोजना गरेको कार्यक्रममा राज्यकोषबाट करिब १५ करोड रुपैयाँ खर्च गरियो यो आपत्तिजनक भएको भन्दै आक्रोश ब्यक्त गरे।

यो संविधानको भावना विपरित पनि छ। बहुसंख्यकको आस्था र विश्वासमाथि प्रहार गरेको बताए।उनले विगतमा जस्तो राजसंस्थाको पक्षमा आफुहरु नरहेको भन्दै ‘गणतन्त्रवादी र परिवर्तनकारी शक्तिहरुलाई पनि चित्त बुझ्ने सहमति र सहकार्यको राजसंस्था सहितको लोकतन्त्र अब ल्याउनु पर्ने बताए।

सोहि अवसरमा थापाले अरु राप्रपाहरुसँग पार्टी एकिकरणको बारेमा प्राय सबै विषयमा सहमति भइसकेको बताए।उनले राजासँग आफ्नो भेट भइरहेन भन्दै राजा पोखरा आउनु र आफ्नो प्रशिक्षण कार्यक्रम एउटा संयोग मात्रै भएको बताए। पोखरा बसाईमा राजासँग भेट हुने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?