साहित्य महोत्सवको रङमा डुब्दै छ पोखरा

साहित्य महोत्सवको रङमा डुब्दै छ पोखरा
+
-

पोखरा- माछापुच्छ्रेको काखमा मुस्काइरहेको फेवा तालको किनारमा शनिबारदेखि हुने अन्तर्राष्ट्रिय साहित्य महोत्सवको ७ औँ संस्करणले माहोल निकै तातिरहेको छ।

साहित्यकार, लेखक, समाजशास्त्री, राजनीतिज्ञ, कलाकर्मी र विचारकहरुले गर्ने विभिन्न विषय केन्द्रित बहसले फेवा किनारको जाडो भगाउने तयारी भइरहेको छ। अभिनेत्री मनीषा कोइरालाको संस्मरणात्मक पुस्तक ‘हिल्ड’को सार्वजनिकीकरण पनि शनिबार साहित्य महोत्सवकै क्रममा हुँदैछ।

बुकवर्म फाउण्डेसनको आयोजनामा सञ्चालन हुने यो महोत्सव पुस ७ गतेदेखि १० गते सम्म चल्नेछ। यस महोत्सवमा ४० सत्रमा १२० जना वक्ताले विभिन्न विषयमा छलफल गर्ने छन्।

२०११ देखि हुँदै आएको यस लिटरेचर फेष्टिबलको यो सातौँ संस्करण हो भने पोखरामा तेस्रो पल्ट हुन लागेको हो। कला, साहित्य, समाज तथा संस्कृतिलाई समेट्ने विचार विमर्शको एउटा फोरमका रुपमा यो महोत्सवलाई मानिएको छ।

फेवा किनारको बाराहीघाटको चौरमा हुने महोत्सवको उद्घाटन सत्रमा पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले प्रमुख मन्तव्य दिनेछिन् भने कार्यक्रम शिवानी सिंह थारुले सञ्चालन गर्नेछिन्। पर्यटन, संस्कृति तथा नागरिक उड्ड्न मन्त्री रविन्द्र अधिकारी पनि कार्यक्रममा सहभागी हुनेछन्।

महोत्सवको सबै तयारी पूरा भएको र विभिन्न जिल्लाबाट पाहुनाहरु पोखरा आउने क्रम जारी रहेको वुकवर्म फाउण्डेशनका कार्यकारी निर्देशक निरज भारीले जानाकारी दिए।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’