शैक्षिक भ्रमणको बस दुर्घटना

सेनाको हेलिकप्टरले पुर्‍याउन नमानेपछि ऐडीको शव जुम्लामै अलपत्र

सेनाको हेलिकप्टरले पुर्‍याउन नमानेपछि ऐडीको शव जुम्लामै अलपत्र
+
-

सुर्खेत – शुक्रबार दाङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका डोल्पा जगदुल्ला गाउँपालिका–५ का गजेन्द्र ऐडीको शव जुम्लामा अलपत्र परेको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत् शनिबार जुम्ला पुर्याइएको गजेन्द्रको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अलपत्र परेको हो।
परिवारले शव डोल्पाबाटै पुर्याइदिन आग्रह गरेपनि नेपाली सेनाको हेलिकप्टरले ऐडीको शव जुम्ला छोडेको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायले बताएका छन्।

‘मृतक गजेन्द्रको शव दाङबाट जुम्ला ल्याइयो भन्ने सुनिएको छ,’ रोकायले नेपाली सेनालाई उदृत गर्दै भने, ‘प्रदेश सरकार र गृह मन्त्रालयलाई शव डोल्पा पुर्याइदिन आग्रह गरिएको हो। तर, सेनाले समय अभाव भन्दै जुम्ला छोडेको छ।’

जुम्लादेखि जगदुल्लासम्म हेलिकप्टरमार्फत १० मिनेट समय लाग्छ। ‘हेलिकप्टरमार्फत जुम्ला ल्याएको ऐडीको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ,’ जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी सीताराम रिजालले भने,‘तर, ऐडीका आफन्तहरु यहाँ कोही हुनुहुन्न। मृतकका परिवारलाई शव जुम्ला पुगेको खबर गरिसकिएको छ।’

जुम्लामा शव अलपत्र परेपछि मृतक गजेन्द्रका आफन्त झनै शोकमा डुवेका छन्। ‘पाँच बजे जुम्ला पुगेको हेलिकप्टरले अनुनय विनय गर्दा पनि शव डोल्पा ल्याउन मानेन’ मृतकका काका खगेन्द्र ऐडीले भने, ‘परिवारले लास हेर्न पाएको छैन । भाउजु (मृतककी आमा) बोल्न सक्ने अवस्था छैन । दाङ जाने भनेर हिडेका आफन्तसमेत फर्किए तर, शव जुम्लामा राखिएको छ रे । शव बुझिदिने जुम्लामा कोही छैनन ।’

बस दुर्घटनामा छोरा गुमाएपछि डोल्पादेखि जाजरकोट हुँदै दाङ हिडेका मृतकका बुबा सत्यसिंह ऐडी बीचबाटो बाटै घर फर्किएका छन । हेलिकप्टरमार्फत शव आउने भएपछि घर फर्किका सत्यसिंह यतिबेला झनै पीडामा भएको उनले जानकारी दिए । उनका अनुसार जुम्लादेखि डोल्पासम्म सडकको अवस्थामा गाडी गुड्न सक्ने अवस्था छैन । हिडेर जुम्ला पुग्न एक दिन लाग्छ ।

‘दाङ पुगेरै संस्कार अनुसारको अन्त्यष्टी गर्ने बरु सजिलो हुनेथियो तर, जुम्लाबाट शव घरमा ल्याउन सकिने अवस्था छैन’ उनले दुःख व्यक्त गर्दै भने,‘शव जुम्लामा अलपत्र पर्यो । घरमा रुवाबासी छ । घर समाल्ने की शव ल्याउन जुम्ला जाने केही सोच्नै सकिएको छैन ।’ उनका अनुसार डोल्पामा हिउँ परेकाले सडकमा जीप, एम्वुलेन्स चल्दैनन् ।

जुम्लादेखि डोल्पा नजिक भएकाले ऐडीको शब जुम्ला पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी बेल पाण्डेले बताए । ‘धेरै संख्यामा जुम्लाका विद्यार्थीहरुको मृत्यु भएकाले एम्वुलेन्सबाट पठाउन सक्ने अवस्था भएन्, हेलिकप्टरमार्फत शव पठाइएको हो’ उनले भने,‘डोल्पा नजिक भएकाले त्यहाबाट एम्वुलेन्समा लिन सकिने अनुमान गरेकाले ऐडीको शव पठाइएको हो ।

सेनाले पनि जुम्लासम्म मात्रै शव लिने अनुमति लिएकाले डोल्पा पुर्‍याउन मानेन ।’ उनले शवको सनाखत भएपछि आफन्तकै आग्रहमा जुम्ला पठाइएको दावी गरे । ‘डोल्पा मै शव पुर्‍याइदिन मैले पनि अनुरोध गरेको हुँ’ एसपी पाण्डेले भने, ‘गृहमन्त्रालयकै निर्देशनमा हेलिकप्टर आएकाले पनि यहाँबाट समन्वय गर्न सकिएन ।’

नेपाली सेनाको ‘एनए ०५७’ हेलिकप्टरले ८ जनाको शब जुम्ला पुर्याएको थियो । जसमध्ये जुम्ला चन्दननाथ–१४ का १९ वर्षीय रिपेन्द्र शाही, चन्दननाथ–१० का १६ वर्षीय रुपेश शाही, चन्दननाथ–३ का १६ वर्षीय देवीप्रसाद उपाध्यायको शव परिवारको जिम्मा लगाइएको छ । चन्दननाथ नगरपालिका–१० का १७ वर्षीया विपना खत्री, तिला गाउँपालिका–३ का १९ वर्षीय रमेश उपाध्याय, रारालिखी गाउँपालिका–१ का १९ वर्षीय जंगबहादुर बुढाको शव आफन्तले बुझिसकेका छन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’