अर्काको जग्गा बेच्न कर्मचारीसहित १६ जनाविरुद्ध एक अर्ब बिगो दाबी गर्दै मुद्दा दर्ता

अर्काको जग्गा बेच्न कर्मचारीसहित १६ जनाविरुद्ध एक अर्ब बिगो दाबी गर्दै मुद्दा दर्ता
+
-

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली लालपुर्जा बनाएर अर्कोको जग्गा बेच्ने मालमोत कार्यालय चाबहिका ६ जना कर्मचारीसहित १६ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

आयोगले सोमबार विशेष अदालतमा भ्रष्टाचार जन्य कसुर गरेको अभियोगमा कुल एक अर्ब बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको हो ।

आयोगले अनुसन्धानबाट चन्दनकृष्ण कायस्थको नाममा बुढानिलकण्ठ नगरपालिका, साविक विष्णु गाविस वडा–७ ग कित्ता नंं. ३२३, ३२५ र ३२९ को दुई रोपनी आठ आना जग्गा पुर्जा र श्रेष्तामा सच्याए बिक्रि गरेको तथ्य फेला परेको दाबी गरेको छ ।

आयोगले तत्कालीन मालपोत अधिकृत कमलप्रसाद तिल्मिसिनालाई सरकारी कागजागतको संक्षण गर्न नसकेको भन्दै भ्रष्टाचार निवारण ऐन २०५९ बमोजितम तीन महिनादेखि एक वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना गर्न माग दाबी गरेको छ ।

त्यस्तै मालमोत अधिकृतहरु खगेन्द्रप्रसाद अर्याल, रामप्रसाद सुवेदीलाई अख्तियारले सरकारी कागजातमा अनाधिकार रुपमा सच्याएको भन्द तीन महिनादेखि दुई वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना माग गरेको छ ।

नासु रञ्जनकुमार खरेल, टाइपिष्ट जमुना कुमारी श्रेष्ठ, कार्यालय सहयोगी हरि खड्काविरुद्ध पनि अख्यितारले मुद्दा दर्ता गरेको छ ।

त्यस्तै आयोगले राजु थापा मगर, सानेभाइ श्रेष्ठ, श्रीकृष्ण बरुवाल, भुपाल सिंह तामाङ, धु्रवप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा, प्रदीप गौतमबाट जनही ६/६ करोड बिगो भराउन माग दाबी गरेको छ ।

आयोगले अर्थ क्वज तथा बचत ऋण लिमिटेड सुन्धाराका नवदुर्गाप्रसाद ढुंगेल, सुरेश कुमार थापा र सनिश सापकोटाबाट पनि ६/६ करोड बिगो भराउन माग गरेको छ ।

यस्तो छ बिगो दाबीको सूची

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?