कालिकोटका अग्‍नीपीडितको विचल्ली

कठ्यांग्रिदो चिसो, गाई गोठमा बास

कठ्यांग्रिदो चिसो, गाई गोठमा बास
+
-

सुर्खेत-घना बस्ती, खरले चिटिक्क पारी छाएका छाना। एकैखाले घर, गोठमा वस्तुभाउ। सबैका घर–आगनमा जोडिएका, निकै शान्त र रमणीय थियो, कालिकोटको पलाँता गाउँपालिका-१ खाडागाउँको न्यौपाने बस्ती। वारीपारी देखिने डाडाँकाडा र सुन्दरताले भरिएको बस्तीमा पहिलो पटक पुग्ने जो–कोहीको मन हर्षित् हुन्थ्यो।

‘पहाड जस्तो ठाउँमा पनि ग्रुप्पै परेको बस्ती देख्दा यहाँ आउने मान्छेहरु निकै आनन्द मान्थे’ खाडागाउँका रत्न चन्द न्यापानेले भने,‘तर, अहिले हेर्दा घरभएका ठाउँमा जलेका ढुङ्गा, काठ र खरानी मात्रै देखिन्छ। बस्ती पुरै उजाड बनेको छ।’ आइतबार राति अकस्मात आगलागी हुँदा कालिकोटको पलाँता गाउँपालिका–१ खाडागाउँको न्यौपाने बस्तीका ८७ घर जले।

पुख्यौली सम्पति देखि कमाइकाज गरेको अन्न सबै ध्वस्त भयो। १५ वर्ष पहिले बनाएको उनको घरपनि जल्यो। ‘पाँच÷६ मिटरमा जोडिएका घर थिए, एक्कासी आगलागी हुँदा केही पनि जोगाउन सकिएन’ उनले भने,‘घर जलेर खरानी भएपछि विचल्लि परेको छ। कठ्यांग्रिदो चिसोमा रात विताउँनै गाह्रो छ।’

घरमा आगलागी भएपछि उनी सात जनाको परिवारसहित नजिकैको छिमेकीका गोठमा बसेका छन्। छिमेकीले गाईभैसी बाहिर बाँधेर गोठमा बास दिएपछि उनको परिवार त्यही गोठमा बस्दै आएको छ। ‘यसरी विचल्लीमा परिएला भनेर सोचेको पनि थिइन्’ उनले दुःख व्यक्त गर्दै भने,‘दैवले गरिवमाथि नै अन्याय गर्‍यो। घरबास सबै खरानी भयो, कमाएको अन्नपात जल्यो। घर हाल्न सक्ने अवस्था नै छैन।’ गाउँका बेरोजगारी समस्या छ। रोजगारीका लागि कालापहाड जानु त्यस गाउँका यूवका लागि बाध्यता बनेको छ।

आगलागी भएर आँखै अगाडी सिंगो बस्ती खरानी भएको सम्झिएरै उनी भक्कान्छिन्। विहान उठेदेखि साँझ परेसम्म गाईगोठबाट उनको आँखा जलेकै घरतिर हुन्छ। ‘गाईगोठको मल उठाएर बसेका छौं’ उनले भावुक हुँदै भने,‘एक छाक खाएर, रगतको पसिना बगाएर बनाएको घर, एकै झिल्को आगोले सखाप पा¥यो। अब परिवार कहाँ बसाल्ने, छोराछोरी चिसो भयो भन्छन्। अव आफ्नै घरमा न्यायोपारी बस्ने दिन कहिले आउँला ?’

आगलागीले घर जलेपछि ८ जनाको परिवारसहित सर्पानन्द न्यौपाने पनि नजिकैको विद्यालयमा आश्रय लिएका छन्। ‘करिव ४/५ जनाको परिवार विद्यालयमा बसेका छौं’ उनले दुःख व्यक्त गर्दै भने,‘चिसोले निकै कष्टकर बनाएको छ। कार्पेट ओछ्याएर र एकसरो कम्बल ओढेर रात कटाएका छौं। केटाकेटी रुन्छन्, खाना राम्रो पाएका छैनौं। घर जस्तो कहाँ हुन्छ र ?’ अग्नीपीडितहरुको उद्दार कार्यमा खटिएको सुरक्षाकर्मी र जनप्रतिनीधिहरु पनि विद्यालयमा बसेका छन्। घरबास जलेर नष्ट भएपछि उनको शरिरमा घाम लागेका छैनन्।

अग्नी विस्थापीत परिवारले विद्यालयमा आश्रय लिएपछि विद्यालय बन्द भएको उनले जानकारी दिए। बालबालिकाले पढ्न नपाउने भएपछि विस्थापीतहरुलाई विद्यालय छोड्न आग्रह गरिएको छ। ‘विद्यार्थीको भविष्यमाथि त खेलवाड गर्न पाइएन्’ उनले भने,‘अव विद्यालयदेखि माथिपट्टि केही घर छन्। गाई बाहिर बाँधेर भएपनि गोठमा बास दिउँला भनेका छन्। भोलीसम्म गोठ गोवर उठाएर बस्नुपर्ला।’

उनले तत्कालै घर बनाउन सक्ने अवस्था नभएको बताए। न्यून आर्थिक अवस्था भएकाले पीडितहरुले पुनस्थापनाको पर्खाईमा छन्। ‘घर बनाउन सक्ने अवस्था कसैसँगै छैन्’ छाक टार्न र भोटो फेर्न कालापहाड जानुपर्ने बाध्यता छ’ उनले भने,‘यतिबेला कोही यूवाहरु गाउँमा छैनन्। बृद्धबृद्धा, महिला र बालबालिका मात्रै गाउँमा बसेका छन्।’

रत्न र सर्पानन्दमात्रै होइनन्, आगलागीबाट विस्थापीत भएका कालिकोटको पलाँता गाउँपालिका–१ खारागाउँका ८७ घरपरिवार परिवार पुसको कठ्यांग्रिदो चिसोमा गाईगोठ र विद्यालयमा बस्न बाध्य भएका छन्। प्रदेश र केन्द्र सरकारबाट राहत पाएपनि बास बस्ने ठाउँ नहुँदा चिसोका कारण दैनिकी निकै चुनौतीपूणी बन्दै गएको छ। बालबालिका, वृद्धवृद्धाहरुको स्वास्थ्य अवस्था विग्रिंदै गएको छ।

तीन करोडको क्षति


खाडागाउँ स्थित न्यौपाने बस्तीमा भएको आगलागीबाट तीन करोडको क्षति भएको छ। जिल्ला दैविक प्रकोप उद्दार समितिका अनुसार ८७ घरमा भएको आगलागीबाट ३ करोड ६ लाख रुपैयाँ क्षति भएको छ। प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले खरको छाना र बाक्लो बस्ती भएकाले ठूलो मात्रामा धनमालको क्षति भएको बताए। ‘बाक्लो बस्ती र पुरानै शैलीमा खरले छाएकाले धेरै घरहरु जले’ उनले भने,‘तत्कालका लागि प्रयाप्त राहत साम्रगी पु¥याउने काम भएपनि चिसो मौसममा रात काट्न निकै कष्टकर छ।’

कालिकोटको सबैभन्दा विकट भएकाले पनि बस्तीमा आगलागी नियन्त्रण गर्न नसकिएको उनले जानकारी दिए। ‘हिउँदको समयमा पनि नजिकै सुकेको घाँस राख्ने प्रचलन रैछ, खरका छाना भएका घर’ उनले भने,‘प्रयाप्त पानी पनि भएकाले बस्तीमा ठूलो क्षति भयो।’ उनकाअनुसार आगलागीबाट पाँच सय ४० जना महिला, बालबालिका, बृद्धबृद्धा प्रभावित भएका छन् भने २ भैसी, २ वाख्रा र १४ गाईगोरु मरेका छन्।

आफुखुसी राहत वितरण


आगलागीबाट बस्ती नै सखाप भएपछि कालिकोटबाट संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदहरु पुगेका थिए। कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृह जिल्ला भएकाले राहत सामग्री लिएर मुख्यमन्त्रीसहित सांसदहरु लस्कर लागेर गए। प्रदेश सरकारले बनाएको राहत सामग्रीसमेत सुर्खेत विमानस्थलमा छोडेर बस्तीमा पुगेका सांसदहरुले सान्तोना दिएर फर्किए। मुख्यमन्त्री शाहीले आगलागीबाट ध्वस्त भएको बस्तीलाई नमूना बस्तीका रुपमा विकास गर्ने आश्वासन आगलागी पीडितलाई दिए।

गृहमन्त्रालय, प्रदेश सरकारले, उद्योग वाणिज्य संघ, नेपाल च्याम्बर अफ कमर्शलगायतले राहत वितरण गरेका छन्। आफुखुसी राहत वितरण गर्दा पीडितले राहत सामग्री के–के पाए भन्नेबारेमा एकीन तथ्यांक नभएको प्रजिअ कार्कीले बताए। ‘संघीय सरकारले गृह मन्त्रालयबाट प्रदान गरिएको राहत सामग्री मात्रै मलाइ जानकारी छ’ उनले भने,‘प्रदेश सरकारबाट बस्ती नै बनाइदिन्छु भन्ने आश्वासन आएको छ रे, आधिकारीक रुपमा के हो जानकारी छैन्।’ राहत वितरण एकद्वार नहुँदा पीडितहरु छुट्ने र विचौलीयाले पनि पाउने अवस्था सृजना भएको छ।

गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत राहत सामग्री पीडितलाई वितरण गरेको छ। ‘संघीय सरकारको पहलमा सोमबार र मंगलबार २÷२ राउण्ड नेपाली सेनाको हेलिकप्टरले राहत पुर्‍याएको छ’ प्रमुख जिल्ला अधिकारी कार्कीले भने,‘प्रदेश सरकाबाट वितरण भएको बारेमा कुनै तथ्यांक नै छैन्।’

यो पनि पढ्नुहोस्

मध्यरातमा खरानी बन्यो खाडागाउँ, ८७ घरपरिवारको बास उठ्यो

मध्यरातमा खरानी बन्यो खाडागाउँ, ८७ घरपरिवारको बास उठ्यो

कालिकोटका अग्निपीडितलाई सरकारको राहत

कालिकोटका अग्निपीडितलाई सरकारको राहत

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’