कृषिमा मुलुक आत्मनिर्भर बन्‍नुपर्छः राष्ट्रपति भण्डारी

कृषिमा मुलुक आत्मनिर्भर बन्‍नुपर्छः राष्ट्रपति भण्डारी
+
-

विर्तामोड- राष्ट्रपति विद्यादेवी भण्डारीले कृषिप्रधान मुलुकले कृषिजन्य वस्तुमा आत्मनिर्भर हुनुपर्ने बताएकी छिन्।

देशको ठूलो संख्यालाई स्थानीय रुपमा नै रोजगारी प्रदान गर्नसक्ने एवं अर्थतन्त्रको ठूलो हिस्सा ओगट्ने कृषि क्षेत्रको व्यवसायीकरण र आधुनिकीकरण गर्न अति आवश्यक भएको उनले बताइन्।

झापाको गौरादह स्थित साना किसान कृषि सहकारी संस्थाद्वारा सञ्चालित नमूना सहकारी खेतीको अवलोकन गर्ने क्रममा कृषि क्षेत्रलाई आधुनिकीरण गर्न सकेमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सकिने उनले बताइन्।

विश्‍व बजारमा कृषिबाट उत्पादित वस्तुहरु बिक्री वितरणमा ठूलो मात्रामा प्रतिस्पर्धा भएकाले यस क्षेत्रमा किसानहरुलाई आकर्षित बनाउन समस्या रहेको बताइन्।

राष्ट्रपति भण्डारीले गौरादह नगरपालिका–५ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थामा आबद्ध साना किसानको एकसय बिघा जग्गामा सञ्चालित नमूना सहकारी खेतीको अवलोकन गरेकी छिन् । त्यस स्थानमा गहुँ, मकै र कोदो खेती लगाइएको छ।

यसैगरी झापाको शिवसताक्षीमा रहेको चन्द्रडाँगी कृषि फर्मको अवलोकनपछि यस्ता फर्म स्थानीय सरकारलाई हस्तान्तरण गर्नुपर्ने भण्डारीले बताइन्। उनले कृषिक्षेत्रलाई पेशाका रुपमा बिकास गर्नका लागि स्थानीय नागरिकको प्रत्यक्ष सरोकार जोडिएको फर्म स्थानीय तहलाई नै हस्तान्तरण गर्नु पर्ने बताइन्।

८४ बिगाहा क्षेत्रफलमा फैलिएको सो फर्म अहिले केन्द्र सरकारको मातहतमा रहेको छ। केन्द्रबाट प्रदेश र स्थानीय तहले आफु मातहत ल्याउन रक्साकस्सी गरिरहेको समयमा राष्ट्रपति भण्डारीको यस्तो धारणा आएको हो।

‘राजनीतिक संक्रमणको अन्त्य भएको छ,’ राष्ट्रपति भण्डारीले भनिन, ‘विकेन्द्रिकरणको पहिलो प्रयासमा हामी छौं, यस्तोमा आफू मातहत धेरै अधिकार राख्न पाए हुन्थ्यो भन्‍ने सबैमा हुन्छ, यस्तो अवस्थालाई शक्ति संघर्षका रुपमा नलिएर प्रभावकारिता अध्ययन गर्नुपर्ने हुन्छ।’

मुलुकमा सयौं ठूला फर्म रहेको बताउँदै राष्ट्रपति भण्डारीले त्यो सबै स्थानीय तहलाई हस्तान्तरण गर्दा कृषि क्षेत्रबाट समृद्धि हाँसिल गर्न सकिने बताइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?