कांग्रेसद्वारा बहिस्कार

प्रधानमन्त्री ओलीको सुरक्षाका लागि इलाममा एक हजार सुरक्षाकर्मी

प्रधानमन्त्री ओलीको सुरक्षाका लागि इलाममा एक हजार सुरक्षाकर्मी
+
-

विर्तामोड – शुक्रबार हुन लागेको लगानी सम्मेलन तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गरिने भनिएको अभिनन्दन कार्यक्रमका लागि इलाममा सुरक्षा व्यवस्था कडा पारिएको छ।

इलामका चोकचोकमा प्रहरी तैनाथ गरिएको छ। जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक माधव श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीको सुरक्षाका लागि एक हजार सुरक्षाकर्मी तैनाव राखिएको छ। उनले भने, ‘नेपाली सेना पनि सहभागी छ। जम्मा गरेर एक हजार सुरक्षाकर्मीको सहभागिता छ सुरक्षाका लागि।’

कांग्रेसद्वारा बहिस्कार


नेपाली कांग्रेस इलामले लगानी सम्मलेनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गर्न लागिएको नागरिक अभिनन्दन बहिष्कार गर्ने जनाएको छ। उसले आम नागरिकलाई उक्त कार्यक्रम बहिस्कार गर्न पनि अपिल गरेको छ। बिहीबार १७ बुदे अपिल जारी गर्दै कांग्रेसले ओलीलाई असफल र अधिनायकबादी प्रधानमन्त्रीको संज्ञा दिँदै इलाम नगरपालिकाले गर्न लागेको अभिनन्दन बहिष्कार गर्न अपिल गरेको हो।

कांग्रेसले नेकपा सरकार दुई तिहाइको दम्भ र अधिनाकबादी शासनका कारण असफलतातर्फ उन्मुख भइरहेको आरोप लगाउँदै हत्या, हिँसा, बलात्कार, तस्करी र भ्रष्टाचारलाई मलजल र संस्थागत गरेर जनतामाझ मात्र नभइ आफ्नै पार्टीभित्र समेत आलोचित भइरहेका ओलीलाई इलाम नगरबासीले तिरेको करको दुरुपयोग गर्दै आफना कार्यकर्ता भरणपोषण गर्न तथाकित नागरिक अभिनन्दन गर्ने निर्णयले नगरबासी र सम्पूर्ण इलामबासीको चेतनाको अबमुल्यन र मानमर्दन गरेको उल्लेख गरेको छ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई माफियाकरण गरेको, प्यासाफिक समिटका नाममा कुटनीतिक मर्यादाको धज्जी उडाएको, ३३ केजी सुन प्रकरणमा हस्तक्षेप गरी निस्क्रिय बनाएको, निर्मला पन्त हत्याकाण्डका दोषीलाई कारबाहीको दायरामा नल्याई गैर जिम्मेबारपूर्ण अभिव्यक्ति दिएको, तीन तहका सरकारबाट जनतालाई करको मारमा पारेर आतंक सृजना गरेको जस्ता विभिन्न आरोप कांग्रेसले लगाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?