नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी
+
-

काठमाडौं- नेपाल  टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन्। सञ्‍चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा गठित समितिले टेलिकमको एमडीमा अधिकारीलाई छानेको हो।

अधिकारीलाई विहीबारको मन्त्रीपरिषद्‌को बैठकले टेलिकमको प्रबन्ध निर्देशकमा चयन गरेको सचना तथा सञ‍्चार मन्त्रालयका सचिव गुरुङले जानकारी दिए। उनले भने, ‘प्रबन्ध निर्देशक पदका लागि तीन जनाको सिफारिस परेको थियो। त्‍यसमध्‍ये हामी कार्य मूल्‍यांकनको आधारमा अधिकारीलाई छानेका हौ।’

टेलिकमको प्रबन्ध निर्देशकको लागि समितिले संगीता पहाडी अर्याल, बुद्धि प्रसाद आचार्य र डिल्लीराम अधिकारीलाई सिफारिस गरेको थियो।

अधिकारी सूचना,सञ्‍चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटा निकट कर्मचारी मानिन्छन्। ४४ वर्षीय अधिकारी टेलिकमकै इतिहासमा सबैभन्दा कान्छा प्रबन्ध निर्देशक हुन। उनी दशौं तहका कर्मचारी हुन् । उनी टेलिकमकै प्रबन्ध निर्देशकको प्राविधिक सल्लाहाकार पनि हुन् ।

यसअघि गत साउन २९ गते बसेको मन्त्रीपरिषद्‌को बैठकले तत्कालीन प्रबन्ध निर्देशक कामिनीराज भण्डारीलाई पदबाट हटाउने निर्णय गरेपछि टेलिकम नेतृत्वविहीन रहँदै आएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?