सुर्खेत– प्रहरीले ६ केजी चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भेरीगंगा नगरपालिका–२का ४२ वर्षीय हरिबहादुर खड्का र ५५ वर्षीय बिरबहादुर बुढा पक्राउ परेका हुन् ।
उनीहरुबाट ६ किलो तीन सय ग्राम चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए । भेरीगंगा नगरपालिका–१० मदानिचौर स्थित बिरबहादुर बुढाको घरमा प्रहरीले चरेशसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि अनुसन्धान कार्य अघि बढाइएको डिएसपी क्षेत्रीले जानकारी दिए ।

भर्खरै
लोकप्रिय






































































































































































































