दुई किलो सुन, चाँदी र हिराका गरगहनासहित दम्पती पक्राउ, भारतीय प्रहरी सुर्खेतमा

दुई किलो सुन, चाँदी र हिराका गरगहनासहित दम्पती पक्राउ, भारतीय प्रहरी सुर्खेतमा
+
-

सुर्खेत – दुई केजी सुनसहित सुर्खेतमा दुई जना पक्राउ परेका छन्। कर्णाली प्रदेश प्रहरीको अनुसन्धान ब्यूरोले सुन, हिरा र चाँदीसहित तीन दशमलव ८७ केजी गरगहानासहित श्रीमान्–श्रीमतीलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कालिकोटको मंगल शाही र उनकी श्रीमती सौभाग्य शाहीबाट पक्राउ परेका हुन्। कालिकोटको नरहरी गाउँपालिका–९ घर भएका उनीहरुबाट दुई केजी ३ सय ५० ग्राम सून र हिरा, पाँच सय ग्राम चाँदी प्रहरीले बरामद गरेको छ।

भारतको बैंगलोरबाट सुन चोरेर फरार भएको उजुरीका आधारमा प्रहरीले उनीहरुको खोजी तीव्र पारेको थियो। ‘प्रहरीमा परेको उजुरी अनुसार अहिले पक्राउ परेका छन्,’ कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी महेशविक्रम शाहले भने, ‘उनीहरुसहित चार जना संलग्न भएको भनिएको छ, दुई जना अझै फरार छन्।’

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपीका अनुसार शाहीको श्रीमतीबाट ६ सय ५० ग्राममात्र सुन बरामद भएको हो। कालिकोटबाटसुनका गहना बारमद भएका र नापतौल भइरहेको उनले बताए। उनका अनुसार उनीहरुबाट बरामद गरिएको सुन सक्कली हो वा नक्कली हो भन्ने खुलेको छैन।

भारतीय प्रहरी सुर्खेतमा

सुन चोरीको आरोपमा उनीहरु पक्राउ परेसँगै भारतीय प्रहरीसमेत सुर्खेत पुगेको छ। नेपाल प्रहरीसँगको समन्वयमा कर्नाटक प्रहरीका इन्स्पेक्टर मेलविन फ्रान्सिसको नेतृत्वमा पाँच सदस्यीय टोली उनीहरुलाई खोज्दै सुर्खेत पुगेको हो।

पुस ११ मा बैंगलोरका रियल स्टेट व्यवसायी प्रवीन कुमारको घरमा काम गर्ने नेपाली कामदारले सुनसहित चार वटा घडी, एउटा आइफोन र एउटा ल्यापटप चोरेर फरार भएका थिए। सुनको मूल्यमात्र १ करोड भारतीय रुपैयाँ रहेको इन्स्पेक्टर मेलविनले जानकारी दिए।

सुन चोरीमा पक्राउ परेका शाही दम्पतीका साथै छोरा र भाञ्जामाथि पनि भारतीय प्रहरीले संलग्न रहेको आशंका गरेको छ। उनीहरुको पनि खोजी कार्य तीव्र पारिएको डिएसपी क्षेत्रीले बताए। उनका अनुसार पक्राउ परेको शाही दाम्पतिमाथि आवश्यक अनुसन्धान थालिएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’