न्यायिक समितिको बैठकमै कुटाकुट, नयाँ शक्तिका अध्यक्षमाथि हेल्मेट प्रहार

न्यायिक समितिको बैठकमै कुटाकुट, नयाँ शक्तिका अध्यक्षमाथि हेल्मेट प्रहार
+
-

बिर्तामोड – झापाको मेचीनगर नगरपालिकाको न्यायिक समिति बैठकमा मंगलबार कुटाकुट भएको छ। मेचीनगर ६ तल्लो भानु टोलका तोयानाथ चेपाङ र अरुणोदय माविबीचको जग्गा विवादको छलफलमा कुटाकुट भएको हो।

चेपाङको पक्षमा छलफलमा सहभागी नयाँ शक्ति पार्टी झापा अध्यक्ष वीरबहादुर श्रेष्ठलाई नेकपाका युवा नेता सुमन थापाले कुटेका हुन्।

नगरपालिकाको मुख्य गेटमा रहेका श्रेष्ठलाई थापाले हेल्मेट प्रहार गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। ‘एक्कासी टाउकोमा हेल्मेट प्रहार भयो’ श्रेष्ठले भने, ‘छक्क परेँ।’

श्रेष्ठलाई हेल्मेटले प्रहार गर्ने थापाविरुद्ध जाहेरी परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ। इप्रका काँकरभिट्टाका अनुसार उक्त मुद्दामा बुधबार छलफल हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?