भगवान भरोसामा डा. केसीको १६ औं सत्याग्रह

भगवान भरोसामा डा. केसीको १६ औं सत्याग्रह
+
-

इलाम- १६औं सत्याग्रहका लागि इलाम आइपुगेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई दुई दिन भएको रहेछ खोकी लागेको। इलामको चिसोले गर्दा हुनसक्छ पत्रकारसामु कुरा गर्दा पनि उनी निकै खोक्दै थिए।

इलाम नगरपालिका वडा नं ७ फूलगाछीस्थित एउटा निजी घरमा उनले बुधबार ४. ३० बजेबाट १६औं सत्याग्रह शुरु गरेका हुन्। सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामको पुरानो कार्यालय रहेको व्यक्तिको निजी घरमा केसीले आफ्ना केही समर्थकको उपस्थितिमा अनशन सुरु गरेका हुन्।

डा. केसीका इलामस्थित सहयोगी धर्म गौतमले डा. केसीलाई कुनै स्वास्थ्य समस्या आए उपचार कठिन हुने बताए। उनले भने, ‘उहाँको यहाँको अनशन भगवान भरोसामा छ।’ नजिकको इलाम अस्पतालमा एक्स-रे, ल्याब लगायत सामान्य चिकित्सकीय सेवा उपलब्ध छन्।

अनशन सुरु गर्दै केसीले आफूसँग भएको सहमति अनुसार विधेयक पारित नभएसम्म लडाइँ जारी राख्ने बताए। केसीले संसदीय समितिले विधेयक पारितपछि संसदको पूर्ण बैठकले सहमतिअनुसार विधेयक परिमार्जन गर्नुपर्ने बताए।

उनले भने, ‘संसदको पूर्ण बैठकले जबसम्म सम्झौता अनुसार विधेयक पारित गर्दैन तबसम्म मेरो लडाइँ जारी रहन्छ।’

संसदको शिक्षा तथा स्वास्थ्य समितिले आफूसँग भएको सहमतिभन्दा बाहिर गएर राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई पारित गरेको भन्दै केसीले अनशन सुरु गरेका हुन्।

डा. केसी अनशन बसे लगत्तै उनका समर्थक अनशनस्थलमा जम्मा भएका छन्। अनशनस्थल बाहिर सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ।

डाकेसीका ६ बुँदे माग

डा. केसीले सरकारसँग छ बुँदे माग राखेका छन्। उनले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रिभुवन विश्वविद्यालयका पदाधिकारी लगायतका ब्यक्तिहरुलाई तत्काल सिफारिस बमोजिम बर्खास्ती लगायतका कारबाही गरिनु पर्ने अर्को माग राखेका छन्।

चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकार फिर्ता गरिनुपर्ने र कृषि तथा वन विश्वविद्यालयमा सम्बन्धन रोक्ने मन्त्रिपरिषद्को निर्णय बाबजुद चोरबाटोबाट दिन लागिएको सम्बन्धन तत्काल रोक्दै दोषी पदाधिकारीलाई कारबाही गरिनुपर्ने उनको माग छ।

सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अगाडि बढाइनुपर्ने, इलाम, उदयपुर र डोटी वा डडेल्धुरामा अस्पतालसहितको मेडिकल कलेज खोल्नुपर्ने उनको माग छ।

निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई पक्राउ गरिनुपर्ने, सशस्त्र द्वन्द्वका अपराधीलाई अन्तर्राष्ट्रिय कानुनअनुसार दण्डित गरिनुपर्ने र सरकारको निर्णयविपरित काठमाण्डौ विश्वविद्यालयले तोकेको शुल्क फिर्ता लिइ दोषीलाई कारबाही गरिनुपर्ने माग उनले राखेका छन्।

उनले साम्यवादी पार्टीको दुईतिहाइ बहुमतको सुरकार सस्तो, सुलभ स्वास्थ्य सेवा देशभर पुर्‍याउने काम छाडेर मुठ्ठीभर माफियाहरुको स्वार्थ अनुसार कानुनै बनाउन अहिले लागिपरेको उल्लेख गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?