८ महिनादेखि निर्वाह भत्ता नपाएका आवासीय डाक्टर आन्दोलित

८ महिनादेखि निर्वाह भत्ता नपाएका आवासीय डाक्टर आन्दोलित
+
-

काठमाडौँ – निर्वाह भत्ता नपाएको भन्दै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आवसीय डाक्टरले प्रतिकात्मक आन्दोलन सुरु गरेका छन् । ८ महिनादेखि निर्वाह भत्ता नपाएको बिरोधमा आवासीय डाक्टरले बिहीबारदेखि चन्दा संकलन सुरु गरेका छन् ।

विरोधका लागि प्रतिकात्मक रुपमा चन्दा संकलन सुरु गरेको आवासीय चिकित्सक संघका अध्यक्ष डा. सुमित पाण्डेले बताए ।

स्वास्थ्य मन्त्रालयले छात्रवृत्ति परिचालन निर्देशिका अनुसार विशेषज्ञ चिकित्सकलाई परिचालन गर्न लागेकोमा पनि आफूहरुको गम्भीर ध्यानाकर्षण भएको एसोसिएसनले जनाएको छ ।

निर्देशिका एकतर्फी रहेको र छात्रवृत्तिमा स्नातकोत्तर एमएस, एमडी र डिएम तथा एमसिएच अध्ययनरत विद्यार्थीमा पूर्वाग्रह राखिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

करार अवधि दुई वर्ष मात्रै बनाउनेसहितका सहमति कार्यान्वयन नभएको तथा ८ महिनादेखि निर्वाह भत्ता नपाएकाले आफूहरु आन्दोलित भएको एसोसिएसनका डा. विश्वराज तिमल्सिनाले बताएका छन् ।

आफूहरुको माग पूरा नभएसम्म आन्दोलन नरोकिने र यसबाट पर्ने असरको जिम्मेवार सरकार नै हुने उनीहरुले उल्लेख गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?