डा.केसीको समर्थनमा इलामका महिला सडकमा

डा.केसीको समर्थनमा इलामका महिला सडकमा
+
-

विर्तामोड- चिकित्सा शिक्षाको सुधारको माग गर्दै इलामको फूलगाछीमा सत्याग्रहमा बसेका वरिष्ठ चिकित्सक डा.गोविन्द केसीको समर्थनमा बिहीबार इलामका महिला सडकमा निस्किएका छन्। उनीहरुलाई इलाममा र्याली निकालेका छन्।

‘डा. केसी एक्ला छैनौ, हामी तिम्रो साथ छौं, मार्सी धानको भातसंग ऐन साट्न पाइँदैन’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेर इलामका महिला सडकमा निस्किएका हुन्।इलाम नगरपालिका वडा नं ७ फूलगाछीस्थित एउटा निजी घरमा उनले बुधबार ४. ३० बजेबाट १६औं सत्याग्रह शुरु गरेका हुन्।

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामको पुरानो कार्यालय रहेको व्यक्तिको निजी घरमा केसीले आफ्ना केही समर्थकको उपस्थितिमा अनशन सुरु गरेका हुन्।

अनशन सुरु गर्दै केसीले आफूसँग भएको सहमति अनुसार विधेयक पारित नभएसम्म लडाइ जारी राख्ने बताएका छन्। केसीले संसदीय समितिले विधेयक पारितपछि संसदको पूर्ण बैठकले सहमतिअनुसार विधेयक परिमार्जन गर्नुपर्ने उनको माग छ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले आफूसँग भएको सहमतिभन्दा बाहिर गएर राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई पारित गरेको भन्दै केसीले अनशन सुरु गरेका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?