सुर्खेत– गस्ती खटिएका प्रहरी हवल्दारको लडेर मृत्यु भएको छ। जाजरकोटको अस्थायी प्रहरी पोष्ट मैदीमा कार्यरत ३९ बर्षिय माहोबीर खड्काको भीरबाट लडेर मृत्यु भएको हो।
३ जनाको टोली सहित विहीवार दिउँसो दग्रास कुर्सेनी तिर गस्तीमा जादै गर्दा नलगाड नगरपालिका–८ गम्थापाखाको भीरबाट चिप्लिएर घाइते भएका थिए । सुर्खेतको भेरीगंगा नगरपालिका–४ छिञ्चु घर भएका घाइते हवल्दार खड्कालाई उपचारका लागि नेपालगञ्ज लिने क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक केशर कार्कीले दिएको जानकारी अनुसार भीरबाट दुई सय मिटर तल खसेका कार्कीलाई रुकुमको आठवीसकोट नगर अस्पतालमा प्राथामिक उपचार गरिएको थियो।
‘अवस्था गम्भिर भएकाले डाक्टरले रिफर गरेपछि नेपालगञ्ज लगिएको थियो’ उनले भने,‘ तर, विहान ११ बजे भीरबाट खसेर घाइते भएका खड्कालाई बचाउन सकिएन ।’ प्रहरी हल्दार खड्काको दरवन्दी जाजरकोटके बारेकोटमा थियो भने उनी काजमा विगत १ बर्षदेखि अस्थायी प्रहरी पोष्ट मैदेमा कार्यरत थिए।
तीन जनाको नेतृत्व गर्दै गस्तीमा हिडेका खड्का लडेपछि जिप्रकामा १२ बजे खबर आएको थियो । स्थानीयबासीको सहयोगमा घाइते खड्कालाई रुकुमको आठविसकोट नगर अस्पतालमा पुर्याइएको थियो।
अस्पतालमा उपचार सम्भव नभएपछि दिउँसो १ बजेर ५५ मिनेटमा उनलाई नेपालगञ्ज हिनालिएको थियो । राती ९ ः४८ बजे नेपालगञ्जमा डाक्टरले मृत घोषणा गरेको जिप्रका जाजरकोटले जानकारी दियो।
टाउको र अन्य शरिरका अन्य भागमा चोट लागेर गम्भिर घाइते भएका खड्काले समयमा उपचार नपाएकाले ज्यान गुमाउनु परेको गुनासो परिवारले गरेका छन्।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































