बस्न सक्न छोडे डा. केसी, इलाममा डा. केसीविरुद्ध अर्को अनशन

बस्न सक्न छोडे डा. केसी, इलाममा डा. केसीविरुद्ध अर्को अनशन
+
-

विर्तामोड- चिकित्सा शिक्षा सुधारको माग गर्दै विगत चार दिनदेखि इलामको फूलगाछीमा अनशनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसी शनिवार बिहानैदेखि बस्न सक्न छोडेका छन्।

उनको हेरचाह गरिरहेका चिकित्सक डा. रामकृष्ण आचार्यका अनुसार बस्न नसक्ने भएपछि उनलाई इलाम अस्पताल लैजान खोजिए पनि जान मानेनन्।

डा. आचार्यले भने, ‘आजदेखि निकै कमजोर हुनुभएको छ। दिनभर ओछ्यानमा सुत्नुभयो।’ उनको शरिरमा चिनीको मात्रा कम हुँदै गएको डा. आचार्यले बताए। डा. केसीलाई शौचालय जान पनि गाह्रो हुन थालेको उनले बताए।

चिसोका कारण निमोनिया हुनसक्ने भन्दै सजगता अपनाइएको उनले जानकारी दिए। शनिवार नै डा. केसीको सत्याग्रहप्रति ऐक्यबद्धता जनाउँदै इलाममा प्रदर्शन गरिएको छ।

प्रदर्शनमा उनका माग तत्काल पूरा गर्न सरकारलाई आग्रह गरिएको थियो। इलाममै डा. केसीको अनसनको विरोधमा काठमाडौंबाट आएका विजय थापाले अर्को अनशन थालेका छन। ओखलढुङ्गाका सिस्नेरी स्थायी घर भएका विजय थापाले हालै शिक्षा तथा स्वास्थ्य समितिले बहुमतबाट पारित गरी संसदमा दर्ता गराएको चिकित्सा विधेयक पास गर्नुपर्ने लगायत ९ बुँदे माग सहित इलाम चोकबजारको लाकुरी चौतारामा अनशन थालेका हुन्।

त्यस्तै काठमाडौं उपत्यका बाहिर देशभरी नै मेडिकल कलेज खुलाउने वातावरण निर्माण गुर्नपर्ने, सरकारी तलब सेवासुविधा लिएर राजनीति गर्ने सरकारी कर्मचारीलाई सरकारी सेवाबाट बर्खास्ती गरि कारवाही गरिनुपर्ने, बलात्कार जस्तो जघन्य अपराधलाई निरुत्साहित गर्न दोषीलाई फाँसीको सजायको व्यवस्था गरिनुपर्ने लगायतका माग उनले राखेका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?