
काठमाडौं- चिकित्सा शिक्षा सुधारको माग गर्दै वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको १६औं सत्याग्रह पाँच दिन उनको स्वस्थ्य स्थितिमा थप जटिलता देखिएको छ।
डा. केसीको मुटुको चाल अनियमति र छातीको संक्रमणले अझ गाँच्दै गएको छ। केसीको स्वास्थ्यमा जटिलता देखिएपछि सोमबार उनलाई सत्याग्रह स्थलबाट इलाम जिल्ला स्पतालमा सारिने भएको डा. केसीको हेरचाह गरिरहेका चिकित्सक डा. रामकृष्ण आचार्यले जानकारी दिए।
उनले भने ‘ डा. केसीको स्वास्थ्य अवस्थामा निक्कै जटिल छ। त्यसकारण भोलि उहाँलाई सत्याग्रह स्थलबाट इलाम जिल्ला अस्पताल सार्ने तयारी गरिरहेका छौ।’
यसअघि उनी १५ औं अनशन बस्न जुम्ला पुगेका थिए। तर, सरकारले उनलाई जुम्लाबाट जबरजस्ती उठाएर काठमाडौं ल्याएको थियो। उक्त अनशनको २७ औं दिनमा सरकारले उनीसँग सहमति गरेको थियो। त्यही सहमति विपरित चिकित्सा शिक्षा विधेयक तयार भएपछि डा. केसी इलाममा अनशन बसिरहेका छन्।