
विर्तामोड- चिकित्सा शिक्षा सुधारको माग गर्दै छ दिनदेखि इलाममा अनशनरत डा. गोविन्द केसीलाई निमोनिया भएको जिल्ला अस्पताल इलामका चिकित्सकहरुले बताएका छन्।
सोमबार बिहान उनलाई अस्पताल भर्ना गरेपछि चिकित्सकहरुले उनको स्वास्थ्य गर्दा निमोनिया भएको जिल्ला अस्पताल इलामका चिकित्सक डा. विजेन्द्रकुमार साहले बताए।
उनको रक्तचाप घटेको र टन्सिल बढेको उनले जानकारी दिए। तर डा. केसीले एन्टिवायोटिक लिन नमानेका कारण स्लाइन मात्र दिएर राखिएको डा. साहले बताए।
आइतबाररातिदेखि डा. केसीको स्वास्थ्य थप कमजोर भएपछि उनलाई सोमबार विहान इलाम जिल्ला अस्पताल लगिएको हो। उनको मुटुको चाल पनि अस्थिर बनेकाले अक्सिजन दिएर राखिएको अस्पतालले जनाएको छ।