वीरगञ्ज- पर्सा वीरगञ्जका थारु समुदायले पनि महोत्सव हर्षोल्लासका साथ मनाएका छन्।
थारु नयाँ वर्ष थारु सम्वत २६४३को अवसरमा वीरगञ्जको स्विमिङ पुलमा आयोजना गरेको महोत्सवमा थारु भेषभूषा र संस्कृति र परिकारहरु खाएर महोत्सव मनाइएको हो। महोत्सवमा थारु समुदायले घोङी, गगटो,परेवा हाँस,माछा लगायतका परिकारहरुको स्टल राखिएको थियो।

महोत्सवको उद्घाटन गर्दै समाजसेवी एवं शिक्षाविद् अखिलेश थारुले थारु संस्कृति तराईको पहिचान र शान भएको बताए। उनले भने, ‘थारु समुदाय तराईको पहिचान जोगाउने मध्ये प्रमुख जाति हो। थारुले नै तराईको सीमा रक्षा माटोको मायालाई जोगाइरहेका छन्।’

उनले थारु समुदायमा जागरुकताको खाँचो रहेको भन्दै अब थारु समुदायमा राजनैति, आर्थिक र सामाजिक जागरणको खाँचो रहेको औल्याए। उनले थारु बाहुल्य जिल्लाको रुपमा पर्सा पनि रहेको दाबी गरे।
वीरगञ्जको घण्टाघरबाट थारु सँस्कृति झल्किने झाँकी निकालेका थारु समुदायले महोत्सवमा थारु नृत्य घाटो प्रस्तुत गरेका थिए। यसका साथै थारु समुदायका महिला पुरुष, युवा-युवतीहरुले थारु भेषभूषा झल्किने पहिरन लगाएका उपस्थित भएका थिए।
यस्तै थारु बाहुल्य क्षेत्र पर्साको जिरा भवानी गाउपालिकामा पनि माघी पर्बको अवसरमा कार्यक्रम आयोजना गरिएको थियो।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































