केदारभक्त माथेमाको प्रश्‍‍न: चिकित्सा विश्‍वविद्यालयको सोच कहाँबाट आयो?

केदारभक्त माथेमाको प्रश्‍‍न: चिकित्सा विश्‍वविद्यालयको सोच कहाँबाट आयो?
+
-

भद्रपुर- चिकित्सा शिक्षा विधेयकका लागि सरकारद्वारा गठित कार्यदलका संयोजक तथा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति केदारभक्त माथेमाले संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयकमा प्रस्तुत गरिएको चिकित्सा विश्वविद्यालयको औचित्य नभएको बताएका छन्।

उनले चिकित्सा विश्‍वविद्यालयको परिकल्पना आधार बेगरको परिकल्पना भएको बताए। अनशनरत चिकित्सक डा. गोविन्द केसीलाई भेट्न इलाम जाने क्रममा झापाको भद्रपुरमा पत्रकारसामु कुरा गर्दै माथेमाले चिकित्सा विश्वविद्यालय स्थापनाको आधारमाथि प्रश्न तेर्स्याए।

उनले भने, ‘विश्वविद्यालयको सोच कहाँबाट आयो? संसदमा कसरी आयो? उहाँहरुको निर्णयको आधार के हो? शिक्षा मन्त्रालयबाट? योजना आयोगबाट?’ शिक्षा क्षेत्रमा कुनै नयाँ कुरा गरिन्छ भने त्यसका लागि अनुसन्धान हुनुपर्ने बताए।

माथेमाले भने, ‘विज्ञहरुले दिएको सुझाव नसमेटिएको कुरा एक्कासी संसदमा कसरी आयो?’ सरकारको पार्टीका नेताहरुबाट डा. केसीका अधिकांश माग विधेयकमा समेटिएका छन् भनेर भनिरहँदा माथेमाले उक्त कुरा केटा केटीलाई फकाएको जस्तो भएको बताए। उनले भने, ‘जनता त्यति मूर्ख छन् र त्यति कुरा बुझ्दैनन्? केटा केटीलाई फकाएको जस्तो हो यो कुरा?’

काठमाडौं बाहिर रहेका आशय पत्र प्राप्त गरिसकेका प्रस्तावित मेडिकल कलेजलाई सम्बन्धन दिने प्रावधान लोड पुगिसकेको जहाजलाई जबरजस्ती अरु लोड हाल्न खोजे जस्तो भएको माथेमाको भनाइ छ।

‘हामीले भनेका छौं पाँचवटा भन्दा बढीलाई एउटा विश्वविद्यालयले सम्बन्धन दिन मिल्दैन,’ उनले भने, ‘जहाजमा लोड धेर लगाएर दुर्घटना गराउने?’ माथेमाले गुणस्तर कायम गर्न यी सब कुराले बाधा हुने बताए।

डा. केसीलाई भेट्न इलाम जानेक्रममा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले डा. केसीका माग सरकारले पूरा गर्नुपर्ने बताइन्। उनले भनिन्, ‘सबभन्दा पहिला म डा. केसीको अवस्था हेर्न इलाम हिँडेकी हुँ। उहाँका माग सरकारले पूरा गर्नुपर्छ।’

पूर्व सभामुख दमननाथ ढुंगानाले डा. केसीको जीवनरक्षा हुनुपर्ने बताए। उनले भने, ‘पहिला डा. केसीको जीवन रक्षा हुनुपर्छ। त्यसपछि निकासका लागि सरकारले उहाँसंग वार्ता गर्नुपर्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?