छात्रा जिस्काउने युवाहरुलाई कडा कार्बाहीको माग गर्दै प्रदर्शन

छात्रा जिस्काउने युवाहरुलाई कडा कार्बाहीको माग गर्दै प्रदर्शन
+
-

वीरगञ्‍ज-छात्रा जिस्काउने युवकहरुलाई कडा कार्बाहीको माग गर्दै बिहीबार बाराको कलैयामा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। बाराको प्रसौनी गाउँपालिका-६ बेलहियास्थित नेपाल राष्ट्रिय उच्च माध्यमिक बिद्यालयका विद्यार्थीहरुले कलैयामा प्रदर्शन गरेका हुन्।

उनीहरुले बिद्यालय परिसरबाट विभिन्न नारा लेखिएको प्लेकार्डसहित कलैया बजार पुगेर प्रदर्शन गर्दै छात्रा जिस्काउने युवकहरुलाई कडा कार्बाहीको माग गरेका छन् ।

करीब ३ सयको संख्यामा रहेका बिद्यालयका छात्र–छात्राहरुले जिल्ला प्रहरी कार्यालय अगाडि पुगेर धर्ना पनि दिएका छन्। छात्रा जिस्काउने प्रसौनी गाउँपालिका ६ बेहिया टोलका २१ बर्षीय श्यामसुन्दर साह, २२ वर्षीय जुमाई अन्सारी र १९ बर्षीय आकाश साहलाई विद्यालयका छात्राहरुले बुधबार बिद्यालय परिसरबाट पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए।

पक्राउ परेका तीनजना माथी नै सार्वजनिक अपराधमा मुद्दा दर्ता गरिएको बाराका प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले बताए। उनीहरुलाई अझै कडा किसिमको मुद्दा चलाउन माग गर्दै विद्यार्थीहरुले बिहिबार प्रदर्शन गर्दै प्रहरीलाई ज्ञापनपत्र समेत बुझाएका छन्।

पक्राउ परेका युवकहरुले यसअघि पनि जाँडरक्सी र गाँजा खाएर छात्राहरुलाई जिस्काउँदै आएको स्थानीयले आरोप लगाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?