सिम्ता उज्यालो बनाउन ३० करोड

सिम्ता उज्यालो बनाउन ३० करोड
+
-

सुर्खेत– जिल्लाको सिम्ता गाउँपालिकामा विद्युतीकरण गरिने भएको छ । उज्यालो सिम्ता कार्यक्रम अन्तर्गत सामुदायिक विद्युतीकरण विभाग र स्थानीय जनताको लगानीमा विद्युतीकरण गरिने भएको हो ।

जसका लागि आवश्यक बजेट विनियोजन गर्ने निर्णय विभागबाट गरिएको छ । गाउँपालिकाका १२ वडामध्ये ९ वडामा विधुतीकरण गरिने छ । वडा नम्बर ५, ६ र ७ मा नेपाल विधुत प्राधिकरणले नै विद्युत विस्तार गर्ने भएको छ । पहिलो सभाबाट सिम्ता उज्यालो बनाउने लक्ष्य गाउँपालिकाले लिएको थियो ।

गाउँपालिका र विभागबीच भएको सम्झौता अनुसार १० प्रतिशत बजेट गाउँपालिकाकोतर्फबाट विभागको खातामा जम्मा गर्नुपर्ने छ । जसअनुसार तीन करोड रुपैयाँमा गाउँपालिकाले विभागको खातामा जम्मा गर्ने तयारी गरेको अध्यक्ष कविन्द्रकुमार केसीले बताए । ‘सरोकारवालाासँग समन्वय गर्ने काम र लगानीको सम्भावना खोज्ने काम सकिएको छ’ उनले भने, ‘विभागले कार्यक्रमका लागि आवश्यक बजेट सहयोग गर्ने निर्णय गरेपछि काम अगाडी बढ्ने भएको हो ।’

सिम्ताका सर्वसाधारणले दिएको शेयर र गाउँपालिकाको बजेटबाट १० प्रतिशत बजेट जम्मा भइसकेको छ । उक्त बजेट विभागको खातामा जम्मा गरेपछि गाउँपालिकाले विद्युुतीकरणका लागि आवश्यक बजेट पाउने छ । गाउँपालिकाले विभागबाट करिव ३० करोड रुपैयाँ विद्युतीकरणका लागि पाउनेछ । त्यसपछि शेयर प्रमाण पत्र प्रदान गरिने छ । १० प्रतिशत जनसहभागिता र ९० प्रतिशत विभागको आर्थिक सहयोगमा विद्युत विस्तार गर्न लागिएको अध्यक्ष केसीले बताए ।
विभागले विद्युत निर्माण गरेपछि गाउँलाई हस्तान्तरण गर्नेछ ।

पहिलो गाउँसभाबाट लिएको तीन वटा नितीअनुसार काम भइरहेको उनले बताए । गाउँपालिकाले सबै वडा र गाउँपालिकासम्म पहुचमार्ग निर्माण गर्ने, उज्यालो सिम्ता र जनतासँग सिम्ता गाउँपालिका कार्यक्रम सञ्चालन गर्ने रणनीति सभाबाट पास गरेको थियो । पहुमार्ग अन्तरगत वडादेखि गाउँपालिकाका सम्पूर्ण ठाउँमा सडक सञ्जाल पुर्याउने, उज्यालो सिम्ता अन्तरगत विद्युत सेवा विस्तार गर्ने उदेश्य लिइएको थियो ।

यस्तै, आर्थिक, सामाजिक तथा शसक्तिकरणका क्षेत्रमा काम गर्न जनतासँग सिम्ता कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको थियो । जनतासँग सिम्ता कार्यक्रम निकै महत्वकाक्षाका रुपमा लिइएको अध्यक्ष केसीले जानकारी दिए ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’