नागरिकता हराउँदा जितेन्द्रले छोराछोरी पढाउन पाएनन्

नागरिकता हराउँदा जितेन्द्रले छोराछोरी पढाउन पाएनन्
+
-

वीरगञ्‍ज- गतवर्षको शैक्षिकसत्र सुरु हुने बेलामा वीरगन्ज महानगरपालिका २८ का जितेन्द्र मल्ली छोरो डोर्‍याउँदै नजिकैको विद्यालयमा पुगे। तर उनीसँग छोराको जन्मदर्ता भने थिएन। त्यही कारण नेपाल राष्ट्रिय निम्‍न माध्यामिक विद्यालयले जितेन्द्रको छोरालाई भर्ना गर्न मानेन।

प्रधानाध्यापक रामाधार साहले छोराको जन्मदर्ता नभइ भर्ना गर्न नमिल्ने जानकारी गराए। उनका बुबाको नागरिकता हरायो। आमाको नामबाट अहिले नागरिकता दिन बन्द गरिएको छ। त्यसमा पनि तराईका जिल्लाबाट गैर नेपालीले नागरिकता लिएको पाइएपछि झनै कडाई गरिएको छ।

यसैको घानमा परे जितेन्द्र पनि। उनकी आमासँग नागरिकता छ, तर बुबाको नागरिकता छैन। उनका दाजुहरुले पहिले बुबाको नागरिकता भएकै बेला बनाए।

उनका बुबा आमाकै नागरिकता वंशज छ। तर उनले भने त्यही नागरिकता नहुँदा छोराछोरी पढाउन सकेनन्। जितेन्द्र भन्छन्, ‘आफू त पढ्न सकिएन, छोराछोरी पढाउँला भनेको त्यो पनि नागरिकताले धोका दियो।’

३० वर्षका जितेन्द्रका छोरा ७ लागे, छोरी पनि ५ वर्षकी भइन्। छोरी घरमै खेलेर बस्छिन्, छोरालाई विद्यालयमा भर्ना गरिएको छैन तर उनी भने विद्यालय जान्छन्। विद्यालयमा भर्ना हुन उनका बुबाको नागरिकता भएन, नागरिकता नहुँदा जन्म दर्ता भएन। त्यही कारण विद्यालयले भनिदियो– कागजात नै पुगेन, भर्ना गर्न सक्दैनौं।

‘विद्यालयले भर्ना गरिदिएको भए जसरी पनि पढाउँदा भन्थें’, जितेन्द्र भन्छन्, ‘म पनि बाँसका सामान बनाउँछु यो कमाईले परिवार पालेर पढाई खर्च पुग्थ्यो तर नागरिकताले गर्दा धोखा खाइयो।’ त्यहाँ उनको कमाई दैनीक ५ सय रुपैयाँ हुन्छ।

आफू काम गर्न त उनलाई नागरिकता चाहिएन। पहिले देखिनै आफ्नो नागरिकता बनाउन जितेन्द्रले कोशिस गरे। तर प्रशासनले कागजात नपुगेपछि नागरिकता दिएन।

उनले पहिले पनि गाविस सचिवलाई आग्रह गर्थे। अहिले वडाध्यक्षलाई पनि आग्रह गर्छन्। नागरिकता नभएकै कारण बैंकमा खाता खोल्न सकेनन्। यही कारण भविष्यका लागि रकम जम्मा गर्न नपाएको बताए।

४ दाजु भाइ रहेका जितेन्द्रका दाजुहरुले भने नागरिकता पाएका छन्। उनको ठूलो दाजु सिकेन्द्रका छोरा–छोरीहरु बोर्डिङमा पढ्छन्। वडा नम्बर २८ का वडा सचिव प्रदिप कुमारले मलीको नागरिकताका लागि सिफारिस गर्न प्रमाण नहुँदा समस्या भएको बताए।

बीरगन्जका मेयर विजय सरावगीले अहिले आमाको नाममा नागरिकता दिन समस्या भएको बताएका छन्। तर कारण जे भएपनि छोराछोरीले भने जितेन्द्रको नागरिकता नभएकै कारण विद्यालय भर्ना हुन पाएनन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?