
वीरगन्ज– ज्यान मार्ने मुद्दामा पुर्पक्षका लागि सुधार गृहमा रहेका एक भारतीय नाबालक फरार भएका छन्।
वीरगन्ज महानगरपालिकाको बिर्तामा रहेको बालकल्याण सुधार गृह केन्द्रबाट भारत बेतिया बस्ने नाबालक अरबिन्द कुमार फरार भएका हुन्। शुक्रबार दिउँसो फरार भएका अरबिन्दको बारेमा प्रशासनद्वारा गुपचुप राख्न खोजिएको देखिएको छ।
२४ सै घण्ठा कडा सुरक्षा व्यवस्था रहेको भनिएको सुधार गृहबाट नाबालक कसरी फरार हुन सफल भए यसबारे अहिलेसम्म केही खुलेको छैन।
काठमाडौंको गौशालास्थित प्रहरी वृतले आनन्द कुमारलाइ खुकुरी प्रहार गरेको घटनामा सँलगन रहेको आरोपमा पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा चलाई गत पुस १० गते वीरगन्जको बाल सुधार गृह पठाएको थियो।
उक्त बालकल्याण सुधार गृह केन्द्रमा हाल ४० जना नाबालक कैदी बन्दीहरु रहेका छन्।