मासु कारखानाबाट दुर्गन्ध फैलाएपछि संसदीय समतिको अनुगमन

मासु कारखानाबाट दुर्गन्ध फैलाएपछि संसदीय समतिको अनुगमन
+
-

वीरगञ्‍ज-प्रदूषण फैलाएको उजुरी पछि वीरगञ्‍ज महानगरपालिकाको बस्ती छेउमै रहेको ४ वटा हडी तथा मासु उत्पादन गर्ने काराखानाको सँसदिय समितिले अनुगमन गरेको छ।

वीरगञ्‍ज महानगरपालिकाको वडा नम्बर १८ मा रहेको मानव बस्ती छेउमै स्थापना गरिएको उक्त कारखानाहरुले प्रदुषण फैलाएको उजुरी परेपछि समितिले अनुगमन गरेको हो।

उद्योग वाणिज्य वाणिज्य आपूर्ति श्रम उपभोक्ता संरक्षण समितिको उपसमितिका संयोजक कृष्ण कुमार श्रेष्ठको नेतृत्वमा आएको ५ सदस्यीय टोलीले उक्त हडी तथा मासु उत्पादन गर्ने काराखानाको अनुगमन गरेको हो। त्यहाँ रहेका मध्यमाञ्चल बोन प्रालि,वीरगञ्‍ज बोन इन्डस्ट्रिज,मास प्लान्ट प्रालि र हिरो मिट्स सप्लायर्स गरी ४ वटा उद्योगले फैलाएको प्रदुषणका कारण आसपासका स्थानीयबासिन्दाहरुलाई समस्यामा पर्दै आएका छन्।

उद्योगबाट फैलिएको दुर्गन्धका कारण वीरगञ्‍ज महानगरपालिकाको अपौनी,सौराहा,भवानीपुर,जगरनाथपुर,बगही टोल लगायतका स्थानीयबासिहरु दुर्गन्धको शिकार हुदै आएका छन ।हाड तथा मासु उद्योगहरुले राँगा,भैसी,पाडा लगायतका जनावरहरुको हाड तथा मासु प्रशोधन गर्ने गरेको छ।

मानव बस्ती नजिकै भएका उक्त उद्योगहरुले फैलाएको दुर्गन्धका कारण त्यहा बसी नसक्नु अवस्था आएको स्थानीयबासीहरुको भनाई छ।उद्योग स्थापना भएपछि त्यस आसपासका क्षेत्रमा कुकुर,स्याल ईत्यादिको आतँक पनि बढेको स्थानीयबासीहरुको भनाई छ।

हावा चलेको बेला सो क्षेत्रमा बसी नसक्नुको अवस्था हुने र दुर्गन्धका कारण नजिकैको टोलहरुमा बस्न खाना खान पनि अप्ठयारो पर्दै आएको स्थानीयबासीहरुले बताएका छन्।उद्योगबाट निस्किएको दुर्गन्धका कारण स्थानीयबासीहरुलाई समस्या भएपछि वडा नम्बर १८ का वडाध्यक्ष ब्रहम्देव राउत कुर्मीले वीरगञ्‍ज महानगरपालिका र संसदीय समितिमा उजुरी दर्ता गराएका थिए।

अनुगमनमा आएको टोलीलाई वडाध्यक्ष कुर्मीले उद्योगले फैलाएको प्रदूषणको बारेमा जानकारी गराउनु भएको थियो।समितिको अनुगमन टोलीमा पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई,वीरगन्‍ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा.भीष्म भुसाल लगायतको पनि सहभागिता रहेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?