किर्ते नागरिकताको आडमा आफ्नै बहिनीविरुद्ध अंश मुद्दा लड्दै भारतीय नागरिक

किर्ते नागरिकताको आडमा आफ्नै बहिनीविरुद्ध अंश मुद्दा लड्दै भारतीय नागरिक
+
-

विर्तामोड– किर्ते विवरण पेश गरेर निकालेको नागरिकताको आडमा एकजना भारतीय नागरिकले आफ्नै बहिनीमाथि अंश मुद्दा लडिरहेको पाइएको छ।

भारत दार्जिलिङका उमेश ताम्राकारले विर्तामोड निवासी आफ्नै बहिनीलाई आमाले बकसमा दिएको जग्गामा दाबी हालेर अदालतमा मुद्दा लडिरहेको उनका ज्वाईं सुधीर बस्नेतले पत्रकारसामु जानकारी दिए।

सन् १९८६ मा दार्जिलिङमा चलेको गोर्खाल्याण्ड आन्दोलनका बेला बस्नेतकी सासु ताम्राकारकी आमा छोरीकहाँ आएर बसेकी थिइन्। उनी विरामी पनि थिइन्। त्यो बेला छोरीकहाँ आएर बस्दा छोरीले स्याहार सुसार गरेपछि त्यसपछि उनी छोरीसंगै बसिन्।

छोरीकहाँ बस्दा ताम्राकारकी आमा (जो नेपाली नागरिक हुन्) ले पाँच हजार रुपैयाँमा जग्गा किनिन्। पछि सोही जग्गा उनै ताम्राकार बाहेक सबै परिवारका सदस्यको सहमतिमा छोरीलाई २०६४ साल माघ १० गते बकस पास गरिदिएकी थिइन्। पछि उनको मृत्यु छोरीकै घरमा भएको थियो। सोही जग्गाको मुद्दा अहिले सर्वोच्च अदालतमा बिचाराधीन छ।

उनका ज्वाईं बस्नेतले ‘अब त अति भयो’ भन्दै पत्रकारसामु उपस्थित भएर आफ्ना दुखेसो पोखेका हुन्। उनले भने, ‘किर्ते विवरण पेश गरेर बहिनी ज्वाईंमाथि दिएको दुःखका कारण म तपाईंहरुसमक्ष आएको हुँ।’

ताम्राकार भारतीय नागरिक भएको प्रमाण

भारतको दार्जिलिङका नागरिक उमेश ताम्राकारले किर्ते विवरण पेश गरेर नागरिकता निकालेको भनेर २०६८ साल मंसीर २८ र २९ गते धरानबाट प्रकाशित हुने ब्लास्ट दैनिक र झापाको विर्तामोडमा प्रकाशित हुने प्रतिदिन दैनिकमा समाचार प्रकाशित भएका थिए।

सोही किर्ते नागरिकताको विषयलाई लिएर ताम्राकारलाई विपक्षी बनाइ जिल्ला प्रशासन कार्यालय सुनसरीमा मुद्दा समेत पर्यो।

जिल्ला प्रशासन कार्यालय सुनसरीले ताम्राकारलाई पक्राउ गर्ने जिल्ला प्रहरी कार्यालय झापालाई पत्र लेखेपछि प्रहरीले उनलाई पक्राउ पनि गर्यो। तर जिल्ला प्रशासन कार्यालय सुनसरीमा हाजिर हुने सर्तमा उनी जमानीमा छुटे। तर न हालसम्म उनी सुनसरी प्रशासनमा हाजिर हुन पुगे न उनलाई प्रहरी पुनः पक्राउ गरेको उनका ज्वाईं बस्नेतले बताए।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा किर्ते नागरिकता मुद्दाको बोधार्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि दिइएको छ। बस्नेतका अनुसार उक्त मुद्दालाई कुनै पनि न्यायिक निकायले प्राथमिक्तामा राखेका छैनन्।

ताम्राकार भारतीय नागरिक भएको प्रमाणका रुपमा बस्नेतले उनको रासन कार्ड तथा दार्जिलिङ अदालतमा उनले ‘म भारतीय नागरिक हुँ’ भनेर गरेको कबुलियतनामा समेत पत्रकार सामु राखे। उनले भने, ‘प्रहरीले समेत उनको नागरिकता भएको विवरण अनुसार धरान ५ मा उनको बसोबास नरहेको लिखित पत्र दिएको छ। मैले सबै प्रमाण नेपालका सबै निकायमा पुर्याएको छु। तर पनि न्यायिक निकायले किन हेरिरहेको छैन, अचम्म लागेको छ।’

ताम्राकारले २०४६ साल असार २२ गते निकालेको नागरिकताको अनुसूचि करिब १३ महिना अघि भरेको बस्नेतले बताए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?