भैरहवामा हवाई रुट निर्धारणका लागि आइकाओले काम गरिरहेको छः मन्त्री अधिकारी

भैरहवामा हवाई रुट निर्धारणका लागि आइकाओले काम गरिरहेको छः मन्त्री अधिकारी
+
-

विर्तामोड – नेपालगञ्ज र महेन्द्रनगरको हवाई रुट प्राप्त गर्न समय लाग्ने भएकाले भैरहवा रुट दिन भारत तयार रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले बताएका छन्।

उनले भैरहवामा रुट निर्धारणका लागि आइकाओले काम गरिरहेको पनि जानकारी दिए। बुधबार झापाको विर्तामोड पत्रकारहरुसँग कुरा गर्दै मन्त्री अधिकारीले नेपालगञ्ज तथा महेन्द्रनगरको रुटका लागि भारतसँग कुरा भइरहेको बताए।

उनले भने, ‘ती रुटका लागि टुंगोमा पुग्न अझै केही पटक बैठक गर्नुपर्ने आवश्यक्ता छ।’ भैरहवा रुट भैरहवा विमानस्थलमा अवतरण तथा त्यहाँबाट उडान गर्ने सबै प्रकारका विमानका लागि भएको उनको भनाइ थियो। नेपालले विराटनगर, जनकपुर, नेपालगञ्ज तथा महेन्द्रनगर रुट भारतसंग मागेको थियो। तर भारत भैरहवा रुट दिन सहमत भएपछि त्यस्का लागि काम अगाडि बढाइएको उनले बताए। उनले भने, ‘रुटका कारण भैरहवा विमानस्थल सञ्चालनमा कठिनाइ होला कि भन्ने कुरा समाधान भएको छ।’

मन्त्री अधिकारीले भैरहवा रुट भारतले नै प्रस्ताव गरेको बताए। तर नेपालको हितका लागि नेपालगञ्ज र महेन्द्रनगर पनि आवश्यक रुट भएको उनले बताए। उनले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणकै बेला चार रुटको कुरा भएको हो। तर पछि भैरहवा चाहिँ अहिले लिनुस् भनेपछि त्यो लिने प्रक्रिया अगाडि बढेको हो।’

मन्त्री अधिकारीले वाइडबडी खरिद प्रकरणमा छानविनबाट जोसुकै दोषी देखिए पनि कार्वाही हुनुपर्ने बताए। उनले भने, ‘यो विषय अहिले छानविनकै प्रकृयामा छ। जो दोषी देखिन्छ कारवाही हुनुपर्छ भन्ने मेरो कुरा हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?