काठामाडौँ-स्वरकिन्नरी तारादेवी श्रेष्ठ दिवंगत भएको समय जति लम्बिदै छ, त्यति उनका कर्महरु जीवन्त हुँदै गएका छन्। १३ वर्ष पुग्यो उनको भौतिक शरीर विलय भएको। तर उनले गतीमा दिएका आवाजले आज पनि मानिसहरुलाई आनन्दित बनाउँदै आएको छ।त्यतिमात्रै होइन उनको कालजयी गीतमा भरेको स्वरका कारण कतिलाई रुवाउँछ पनि।
तारादेवी स्मृति फाउण्डेशनले बुधबार राष्ट्रियसभा गृहमा उनको सम्झनामा विशेष कार्यक्रम गर्यो। जहाँ राष्ट्रकवि माधवप्रसाद घिमिरेको रचना, शिवशंकर तथा नातिकाजीको संगीत र उनको स्वरको कालजयी गीत ‘फुलको थुङ्गा बहेर गयो’ गीत गायीका संगीता शाक्य थापाले निकै गहकिलो ढंगले प्रस्तुत गरिन्।तर उक्त गीतको लागि वान्स मोरको हुँटिङ बयो दर्शकदीर्घाबाट।
पछिल्लो पुस्ताकी गायिका जीना रसाइलीले यादव खरेलको रचना र शिवसशंकरको संगीतमा तारादेवीले स्वर दिएको ‘नौ सय खोला तरेर’ गीत गाइरहँदा हलमा दर्शक उनीतिरै एकाहोरिए। मानौ अहिले तारादेवीले नै स्टेजमा प्रत्यक्ष गाइरहेकी छिन्।
स्टेजमा तारादेवीले स्वर दिएका गीत प्रस्तुत भइरहँदा अघिल्तर रहेका दर्शक मात्रै होइन गायकगायिका, रचनाकार र संगीतकारका मात्रै होइन दर्शक श्रोताका पनि आँखा रसाए। जनकवि केशरी धर्मराज थापाको रचना, नातिकाजीले भरेको ख र उनै नेपाली संगीत आकाशकी स्वरकिन्नरी तारादेवीले स्वर दिएको ‘कालीपारे दाइ कति राम्रो’ गीत प्रस्तुत गरिन् अर्की स्वरकी धनी मिरा राणाले।
तारादेवीको जीवन भोगाइलाई आफुले नजिकबाट अनुभव गरेको गायिका मीरा राणाले गीतपछि बताइन्। उनले भनिन्, ‘ म तारादेवी दिदीको गीत गाउँदाको क्षण र आर्यघाट पुर्याउँदाको क्षण अहिले झल्झली सम्झिरहेको छु। म उहाँको गीत गाउन पाउँदा भाग्यमानी सम्झिएकी छु आफूलाई।’
यस्तै कार्यक्रममा तारादेवीले स्वर भरेका गीतमा मात्रै प्रस्तुत गरिएन उनको जीवनको सघर्ष र सफलतालाई नजिकबाट नियालेकाहरुलेपनि खुलेर प्रशंसा गरे अतिथिका रुपमा। तारादेवीले स्वर भरेको ‘वनको आगो निभाउने’ गीतका रचनाकार राजेन्द्र थापा तरादेवीलाई सम्झिदा भावुक बने।
साथै काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले १० लाख रुपैयाँ बराबरको चेक तारादेवी फाउण्डेशनका अध्यक्षलाई हस्तान्तरण समेत गर्दै आगामी दिनमा पनि साथ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। यसपछि तारादेवीले गाएका गीतहरुलाई १६ जना नयाँ पुराना पुस्ताका गायिकाहरुले पालैपालो गरेर प्रस्तुति दिए।
तस्बिरहरु-दीपा दाहाल/देश सञ्चार